News Desk
काठमाडौँको कालीमाटी क्षेत्रका तीन जनामा हैजा पुष्टि भएको छ।जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डाक्टर अर्जुनप्रसाद सापकोटाले कालिमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा देखिएको जानकारी दिए। सापकोटाका अनुसार तीनै जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ।
सअघि ललितपुरमा ७ जना र कैलालीमा ३ जनामा हैजा पुष्टि भएको थियो।