देवघाटकी ६८ वर्षीया महिलाको कोरोना संक्रमणको कारण मृत्यु 
News Desk
May-17 , 2021 तारिख 12:28 बेलुका

बिष्णु  गौतम

देवघाट, ३ जेठ । तनहुँको देवघाट गाउँपालिका ५ गौरिटारकी ६८ वर्षीया महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। उनको गएराती साँझ ७ बजेतिर मृत्यु भएको हो। 

कोरोना संक्रमणको लक्षण देखिएपछि हिजो बिहान मात्र उनको स्वाव संकलन गरी पिसिआर परीक्षणको लागि पठाईएको थियो तर रिपोर्ट नआउदै हिजै साँझ उनको मृत्यु भएको हो। 

मृतक महिलाको आज बिहान ११ बजे कोरोना रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीले जानकारी दिए ।  शाखा प्रमुख बुढाथोकीका अनुसार मृतकको शव सुरक्षाको मापदण्ड अपनाई देवघाट स्थित त्रिशुली नदी किनारमा व्यवस्थापन गरिएको छ। 

मृतक महिला ६ दिन अघि मात्र काठमाण्डौबाट देवघाट घर आएकी थिइन्। देवघाट गाउँपालिकामा पछिल्लो समय सक्रिय कोरोना संक्रमितको संख्या १२ जना पुगेको छ भने १ जनाको मृत्यु भएको छ।

 

 

Related Post