चेम्बर अफ कमर्शबाट  विभिन्न अस्पताललाई स्वास्थ्य सामाग्री वितरण 
News Desk
May-19 , 2021 तारिख 11:01 बिहान

 

काठमाडौं, ५ जेठ- नेपाल चेम्वर अफ कमर्शले  विभिन्न अस्पताललाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।  चेम्वर अफ कमर्शले बुधबार उक्त सामाग्रीहरु वितरण गरेको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले  शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई उक्त सामाग्रीहरु हस्ताण्तरण गरे । हस्ताण्तरित उक्त सामाग्रीहरु अस्पतालको तर्फबाट डा. राजेश शाहले ग्रहण गरेका थिए । सो अवसरमा चेम्वरबाट बिगतमा पनि यस्तै सामाग्रीहरु प्राप्त भएको स्मरण गर्दै डा. शाहले चेम्वरलाइ धन्यबाद ज्ञापन गरेका थिए  । यसैगरी चेम्वर अध्यक्ष मल्लले त्रिबि शिक्षण  अस्पतालको आकस्मिक कक्षलाइ पनि स्वास्थ सम्वन्धी सामाग्रीहरु हस्तान्तरण गरेका छन् । त्रिबि शिक्षण  अस्पताल आकस्मिक कक्षको तर्फबाट प्रा.डा.योगेन्द्रमान शाक्यले सामाग्री ग्रहण गरेमा थिए ।  

त्यसै गरी चेम्वरका अध्यक्ष मल्लले राधास्वामी अक्सीजन थेरापी आइसोलेशन सेन्टर गौंगवुको लागि पनि स्वास्थ सम्वन्धी सामाग्रीहरु उक्त केन्द्रका तर्फबाट नेपाली सेनाका डा.क्याप्टेन मुक्तीनाथ साँखीलाई  हस्तान्तरण गरे । 

आज हस्तान्तरण गरिएका सामाग्रीहरुमा पिपिइ सेट,सर्जिकल मास्क,सर्जिकल पन्जा, स्यानीटाइजर तथा सिटामोल रहेका छन । 

अध्यक्ष मल्लले चेम्वरले केही दिनमा सरकारी अस्पतालहरुलाइ अक्सिजन सिलिण्डर र कन्सन्टे«ट उपलब्ध गराइने तयारी गरेको बताए । उक्त अवसरमा चेम्वरका उपाध्यक्ष तथा नेपाल चेम्वर कोभिड व्यवस्थापन समितिका संयोजक दीपक कुमार मल्होत्रा, चेम्वरका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ तथा कार्य समिति सदस्य नवराज ढकालको उपस्थिति रहेको थियो ।

 

Related Post