स्वास्थ्य मन्त्रालयलाई करूणा फाउण्डेसनले दियो ११० अक्सिजन कन्सनट्रेटर
News Desk
May-19 , 2021 तारिख 03:42 बेलुका

काठमाडौं- करुणा फाउन्डेशन नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ११० अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको छ । फाउन्डेशनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसर पुगी स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीलाई उक्त अक्सिजन कन्सनट्रेटरहरु हस्ताण्तरण गरेको हो । कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिक मन्त्री जुली कुमारी महतोको उपस्थिती रहेको थियो ।

कोभिड– १९ बाट संक्रमित सिकिस्त बिरामीहरुका लागि अत्यावश्यक अक्सिजनको अभावले निकै कठिन अवस्था उत्पन्न भएको अवस्थामा करूणा फाउण्डेसनले समाज कल्याण परिषदको समन्वयमा उक्त सहयोग उपलब्ध गराएको हो ।

फाउण्डेसनले स्वास्थ्य सेवालाई महत्त्वपूर्ण आपूर्तिहरूले सहयोग पुर्‍याउँने हुँदा यस सहयोगले अक्सिजन प्राप्त गर्न संघर्ष गरिरहेकाहरुका लागि राहत पुग्ने विश्वास व्यक्त गरेको छ ।

Related Post