डब्ल्यूएचओ प्रतिनिधि पाण्डव र एकीकृत केन्द्रीय अस्पतालका प्रमुख गौतम बीच छलफल 
News Desk
May-29 , 2021 तारिख 03:31 बिहान

 

काठमाडौं-नेपालका लागि डब्ल्यूएचओका प्रतिनिधि डा. राजेश संभाजीराव पाण्डवले शुक्रबार एकीकृत केन्द्रीय अस्पतालको भ्रमण गरि प्रमुख प्रशासकिय अधिकृत  डा.जगेश्वर गौतमसँग छलफल गरेका छन्  । उनीहरु बीच  सहयोगको विवरण बारे छलफल भएको हो ।  

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नेपाल कन्ट्रि अफिसले वीर अस्पतालमा कोभिड १९ को लागि भर्खरै स्थापना गरिएको एकीकृत केन्द्रीय अस्पताललाई सहयोग उपलब्ध गराएको थियो ।  

अस्पतालको यो एकीकृत कमाण्ड सेन्टर देशभरका अस्पतालहरूमा समन्वय र संसाधनको बृद्धि गर्न महत्वपूर्ण हुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को विश्वास छ ।  

Related Post