अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई तनाव व्यवस्थापन तालिम
News Desk
Jun-02 , 2021 तारिख 01:34 बिहान

काठमाडौं-नेपाल मेडिकल एसोसिएशन (एनएमए)  ले साइकाइट्रिस्ट एसोसिएसन अफ नेपालसँगको साझेदारी र विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई तनाव व्यवस्थापन तालिम आयोजना गरेका को छ ।  

कोभिड १९ को बखत तनाव व्यवस्थापनले स्वास्थ्यकर्मीहरूको मानसिक स्वास्थ्य चुस्त राख्न  र स्वास्थ्यको समस्यालाई सम्बोधन गर्न सघाउ पुग्ने विश्वासका साथ कार्यक्रम आयोजनामा आएको हो ।  

प्रोफेसर डा. एस एन प्रधानको सभापतित्व माझ आयोजित सो कार्यक्रम स्वास्थ्य मन्त्रालयका प्रमुख विज्ञ डा. रोशन पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अवसरमा एनपिएच विश्व स्वास्थ्य संगठनमा कार्यरत मनोरोग विशेषज्ञ  डा. केदार मरहठठाले वक्ताका रुपमा  प्रस्तुती दिएका थिए भने स्वास्थ्य मन्त्रालयका पुर्व सचिव किरण रेग्मीले प्यानलिस्ट भूमिका निर्वाह गरेका थिए ।कार्यक्रममा डा. सरोज ओझाले सह सभापतिको भूमिका निभाएका थिए ।                                                   

 

धेरै पढिएको