News Desk
डि एन घिसिङ
काठमाडौं-रसुवा जिल्ला स्थित नौकुण्ड गाउँपालिकामा नेपाल हेल्पिङ एजुकेसन फाउण्डेसन अफ नेपालले ठूलो परिमाणमा स्वास्थ सामाग्री हस्ताण्तरण गरेको छ। फाउण्डेसनले कोभिड महामारीलाई लक्षित गरि करिब ६लाख बराबरको स्वास्थ्य उपकरण सहित सहयोग हस्तान्तरण गरेको हो । कार्यक्रममा नौकुन्ड गाउँपालिकाका अध्यक्ष नोर्बु साङ्बो घले,गाउँपालिका वडान५का अध्यक्ष गोन्ते ग्याम्तान र वडा नं ६ का अध्यक्ष धर्म बहादुर थोकर समेतको उपस्थिती रहेको थियो ।
हेल्पिङ एजुकेसन फाउन्डेसन अफ नेपालका कार्यक्रम संयोजक रत्न कुमार तामाङले स्टाफ नर्स, स्वयंसेविका लगायतका स्वास्थ्यकर्मीका लागि भनेर उक्त राहत सामाग्री उपलब्ध गराएको जानकारी दिए ।
कोभिड उपचारलाई सहज बनाउन आफू आवद्ध संस्थाले सहयोग गरेको संयोजक तामाङले बताए।हेल्पिङ एजुकेसन फाउन्डेसन अफ नेपालको पहलमा जर्मनीको जेओटेक सगको आर्थिक सहकार्यमा निर्माण गरेको नौकुन्ड गाउँपालिका वडान ५र ६ मा अवस्थित आधुनिक स्वस्थ चौकी भवनलाई केभिड उपचार केन्द्र बनाउने निर्णय गरेको फाउन्डेसनले जनाएको छ।
२०७५सालमा करिब ८०लाख लगानीमा निर्माण गरिएको उक्त भवन रसुवा जिल्लाकै आधुनिक उपकरणयुक्त स्वास्थ्य चौकी रहेको संयोजक तामाङले बताए।उक्त स्वास्थ्य चौकी व्यवस्थापन गर्न गाउँ घर क्लिनिक संचालन तथा व्यवस्थापन समिति समेत गठन गरेको उनले जानकारी गराएका छन् ।
यसै माझ नौकुन्ड गाउँपालिकाका अध्यक्ष नोर्बु साङ्बो घलेको उपस्थितीमा स्वास्थ्य सामाग्री तथा स्वास्थकर्मीको लागी सुबिधा सम्बन्धी सम्झौता कार्यक्रम समेत सम्पन्न भएको छ।