News Desk
काठमाडौं-नेपाल चिकित्सक संघले विश्व स्वास्थ्य संगठन र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको समन्वय तथा सोसाईटी अफ इन्टरनल मेडिसिन (सिमन) सोसाईटी अफ अनेस्थेसियोलोजिस्ट अफ नेपाल (सान) नेप्लिज सोसाईटी अफ कृटिकल क्यर मेडिसिन र क्रीटीकल क्यर नर्सेस एशोसियसन अफ नेपालको प्राविधिक सहयोगमा गत जेष्ठ १३ गतेदेखि २०७८ जेष्ठ २२ गतेसम्म " संचालित ‘कोभिड १९ क्रिटिकल क्यर ट्रेनिङ प्रोग्राम फर हेल्थ क्यर वर्कर्स तालिम भव्यताका साथ सम्पन्न भएको छ ।
उक्त तालिममा ५ ब्याचका एघार हजार छ सय अठहत्तर जना सहभागी भएका थिए । जसमध्ये ४१.७८% चिकित्सक, ४२.६२% नर्स र १५.६०% प्यारामेडिक्सहरुको सहभागीता रहेको थियो । दुइ दिन गरी ५ ब्याचलाई १० दिनसम्म निरन्तर दिइएको उक्त तालिमबाट कोभिड १९ संक्रमित बिरामीहरुको अक्सिजन र उपचार रोकथाम तथा नियन्त्रणमा आवश्यक पर्ने विभिन्न स्वास्थ्य उपकरणहरुको उचित प्रयोग तथा निकट भविष्यमा यस महामारीको रोकथामको नियन्त्रणबाट कसरी गर्न सकिन्छ भन्ने बिषयमा बृहत छलफल भएको थियो ।
नेपाल चिकित्सक संघले दिनरात नभनी विपतको घडीमा अग्रपंक्तिमा अहोरात्र खटिईरहनु भएका सम्पूर्ण चिकित्सक, नर्स, प्यारामेडिक्स तथा स्वस्थ्यकर्मिहरुलाई मध्यनजर गर्दै तालिम संचालनमा ल्याएको हो ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले कोभिड-१९ महामारीको दोश्रो लहरसंगै फ्रन्टलाईनमा खटिने भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु समेत संक्रमित भईरहेको अवस्थामा महामारीसंग जुध्नका लागि अक्सिजन र बेडले मात्र सम्भव नभई जनशक्तिको पनि तयार गर्नुपर्ने भएको हुनाले यस महामारीको समयमा बिगतका दिनमा पनि विभिन्न कार्यक्रम तथा तालिम सेवाहरु यस संघले प्रदान गरेको बताए ।