News Desk
काठमाडौं-नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिको आयेाजना तथा गिनिज पब्लिकेसनको संयोजनमा ‘विज्ञान बिषय’ सम्बन्धी एक दिवसिय तालिम कार्यक्रम सम्पन्न भएको छ । तालिममा नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष रितुराज सापकोटा, नेशनल प्याब्सनका पुर्ब वरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, पाठ्यक्रम बिकास केन्द्रका बिषय बिज्ञ तथा सर्जक डा. चिन्तामणी पन्थी, नेशनल प्याब्सन केन्द्र,प्रदेश,जिल्ला तथा नगरपालिका अध्यक्ष तथा पदाधिकारीहरु, गिनिज पब्लिकेसन्सका अध्यक्ष बिष्णु प्रसाद पौडेल, काठमाडौ जिल्ला अध्यक्ष खडक बस्नेतज्, कार्यक्रम संचालक सचिब अमृत खड्का, प्राविधिक सह कोषाध्यक्ष बिनय श्रेष्ठ लगायत पुर्वको मोरङदेखी पश्चिम कैलालीका विज्ञान शिक्षकहरुको सहभागीता रहेको थियो ।
विज्ञान तालिममा पाठयक्रम, ग्रिड, प्रश्नवली तयारी विधि. कक्षा कृयाकलाप, मुल्यांकन, शिक्षण शिकाई विधि आदी बारे केन्द्रित रहि सिकाई र छलफल भएको थियो। यस तालिमको संयोजन नेशनल प्याब्सन काठमाडौ जिल्ला उपाध्यक्ष तथा तालिम संयोजक मनोज (होम बहादुर अधिकारी) ले गरेका थिए ।