पछिल्लो २४ घण्टामा १ हजार ५३९ जनामा कोरोना भाइरस संक्रमण
News Desk
Jul-26 , 2021 तारिख 12:58 बिहान

काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५६९ पीसीआर परीक्षणमा आइतबार थप १ हजार ५३९ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार २६५ परीक्षणबाट ६९८ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १३ हजार ८३४ परीक्षणमा २ हजार २३७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ८० हजार ५५६ पुगेको छ ।


पछिल्लो २४ घण्टामा थप २ हजार ५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ४३ हजार ६१५ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ७१३ पुगेको छ ।
 

Related Post