News Desk
काठमाडौं— श्रावण १६, २०७७।
नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले जनाए अनुसार हाल प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।
बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा संक्रमितहरूलाई भर्ना गरिएको छ । कन्ट्याक्ट ट्रेसिङको आधारमा पहिले संक्रमित भएकाहरूको स्वाब संकलन गरिएकामा कोरोना संक्रमण पुष्टी भएको उहाँले जनाउनु भएको छ ।
कोरोना संक्रमितहरूमध्ये अधिकांश सवारी चालक, मेकानिक र मेसमा कार्यरत प्रहरीहरु रहेका बताईएको छ । उहाँको अनुसार संक्रमित प्रहरीहरूको कन्ट्याक्ट ट्रेसिङ मार्फत अन्य २० जनाभन्दा बढी प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ ।
यो संगै अब देशभर कोरोना संक्रमण हुने प्रहरीको संख्या २ सय ५० पुगेको छ । साथै महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहापथमा कार्यरत दुई ट्राफिक प्रहरीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
दुई दिनअघि पीसीआर परीक्षण गरिएका उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो । उनीहरुमा कोरोना संक्रमण देखिएपछि ट्राफिक महाशाखामा कार्यरत अन्य ट्राफिक प्रहरीहरुको पिसिआर जाँच गर्ने तयारी भइरहेको जनाईएको छ ।