मुखाकृती लक्षणका आधार र मनोविज्ञान पहिचान
News Desk
Jun-02 , 2022 तारिख 07:02 बिहान

डिएन घिसिङ

मानिसको ब्यक्तित्व पहिचान मुहारबाट झल्किने गर्दछ।संसारमा जुम्ल्याहा बाहेक मुख र अनुहारको आकृति एक अर्कासँग बिरलै मिल्ने हुन्छ।मुख र आकृति अंगले मानिसको सौर्न्दर्यता मात्रै हैन स्वभावमा विविधता पनि रहन्छ।परिवर्तीत वातावरण र घटनाको संमिश्रणबाट मुखाकृती प्रस्तुत हुने गर्दछ। मानिसको मुखाकृती लक्षणद्वारा उसमा निहित गुण र अबगुण पहिल्याउन सकिने विभिन्न अनुसन्धानात्मक सोधले पुष्टि गरेको छ।बेलायतबाट प्रकाशित साग जर्नलमा विभिन्न दिग्गज लेखकहरुले तयार गरेको आलेखमा अनुहारको विशेषता र परिबर्तीत घटनामा उपस्थितिको धारणाहरु सबिस्तार वर्णन गरिएको छ।कसरी मानव अनुहारले फरकफरक रूपमा बिशेषताहरु देखाउने गर्दछ भन्ने सन्दर्भ बारे लेखकहरु डिएगो-मास, फेलिक्स फुएन्टेस-हुर्टाडो, भ्यालेरी नारान्जो, मारियानो अल्कानिजको एकै मत रहेको छ। साग जर्नलमा प्रकाशित आलेखमा अनुहारको जानकारी र मस्तिष्कले कसरी प्रस्तुत गरिएको हुन्छ भन्ने बारे गहिरो अनुसन्धानात्मक सोध तयार गरिएको छ।उक्त सोधमा उदाहरणका लागि आकर्षकता पुरुषत्व वा महिला व्यक्तित्व विशेषतामा अर्थ्याएको छ।

परिस्थितिमा स्वयं र अन्य व्यक्तिहरूको भुमिकाले सोचको व्याख्या गर्ने हुनाले सोही अनुसार मुखाकृती झल्किने तर्क विज्ञहरुले पेश गरेका छन् । अनुहारको प्रत्येक विशेषताको उपस्थितिमा धारणा र प्रभाव जस्ता बिशेषता आकर्षशित हुने गर्दछ। मुख्यतय अनुसन्धानले पाँचवटा अनुहारका विशेषताहरू आँखा, भौं, नाक, मुख, र जिब्रोको भावभङीले ब्यक्तिको मनोवैज्ञानिक धारणा प्रकाश हुने आधार प्रस्तुत गरिएको छ । पश्चिमा सभ्यतामा प्रायःमुहारबाट दिने अभिब्यक्ती वा गतिविधि संस्कृती र आणुवांशिक लक्षणको रुपमा समेत लिने गरिएको छ।पूर्वीय सभ्यतामा मुखाकृतीलाई ब्यक्ति र घटनाको पारस्परिक अवस्था अनुकुलता वा प्रतिकुलता जस्ता क्रियाकलापमा निहित हुने सांस्कृतिक परम्परागत धारणा रहेको पाइन्छ।भूगोल र सभ्यतासँग पनि निहित हुने साथै मुहारको गतिविधिले दोस्रो पक्षले पूर्वानुमान गर्न सक्नेअबस्था सिर्जना गरेको हुन्छ।पूर्वीय दर्शनमा मुखाकृतीमा निहित प्रत्येक अवस्थामा श्रेणी अनुसार बिभाजित गरेर हेरिएको हुन्छ। अनुहार पढाइ अर्थात फेस रिडिङ भनेको व्यक्तिको चरित्र, व्यक्तित्व, क्षमता वा विशेषताहरू बुझ्ने अध्ययन हो जसमा अन्तरदृष्टिको भावनालाई बर्णन गरिएको हुन्छ । यो अभ्यासलाई पूर्वीय सभ्यतामा व्यक्तिशास्त्र आकृतिविद्या पनि भन्ने गरिन्छ।

ज्योतिष बिज्ञान भाग्य र भाग्यको बारेमा बताउने सामान्य विधिहरू मध्ये एक हो।फेस रिडिङले व्यक्तिगत विशेषताहरू र विशेषताहरूलाई शारीरिक भिन्नताहरूमा मानिसको अनुहार, अनुहारको अभिव्यक्ति र सूक्ष्म अभिव्यक्तिहरूलाई केलाएर हेरिएको हुन्छ। अनुहारमा उत्पन्न गतिविधि र व्यक्तिगत विशेषताहरू मनोविज्ञानमा आधारित रहने उल्लेख गर्न सकिन्छ।एउटा सामान्य उदाहरण बौद्धिकता र सांस्कृतिक जीवनको लागि एक ठूलो आत्मीयतासँग तालमेल रहने गर्दछ। समाजमा एकथरी मानिसहरु शरीरको संरचनामा बिशेष गरेर मुहारसँग चरीत्र र रुपको बिशेषताबाट भविष्यवाणी गर्ने प्रचलन बढदो छ।पूर्वीय सभ्यतामा जीव बिज्ञानको रूपमा समेत आंशिक भागको रूपमा ब्याख्या हुँदै आएको छ।

जिबहरुको बाहिरी वा आन्तरिक गतिविधि हुँदा देखिने संकेत नै मुखाकृती लक्षण हो। आकृतीविद्या भनेको मानिसहरूको अनुहारका तत्वहरूसँग जोडेर बुझ्ने ज्ञान पनि हो।सिद्धान्त र लोक विज्ञानमा आधारित अनुहारको निर्णय, मुख्यतया अनुहार, चरित्र वा व्यक्तित्व मा अन्तर्दृष्टि दिन सक्छ भन्ने विचारमा आधारित रहन्छ। मानिसको अनुहार र अभिव्यक्तिको मनोविज्ञानले नै ब्यक्तिगत धारणा तय गरिएको हुन्छ।अझ यसो भन्न सकिन्छ अनुहार आउभाउले ब्यक्तिगत पहिचान गर्न सघाउ पुर्याइराखेको हुन्छ।समय र परिस्थितिमा ब्यक्ति मुखाकृतीले स्पष्ट तय गरेको हुन्छ। मानिसलाई समग्रमा पहिचान गर्न उसका शरीरका विभिन्न अंगहरुले समेत प्रष्ट बताइरहेको हुन्छ।

स्वाभाव वा ,चरीत्र वा नियतलाई ब्यक्तिको शारीरिक लक्षणले पुर्ण जानकारी दिएको हुन्छ। समाजमा हरेक स्तरका मानिसहरु हुन्छन् । ब्यक्तिको लक्षण र स्वभावले सम्बन्ध निर्धारण गरेको हुन्छ।समयमै व्यक्ति पहिचान हुने ज्ञान प्राप्त भएमा सफलता वा असफलता बिषयमा पूर्वानुमान लगाउन सकिन्छ।व्यक्ति परिस्थिति अनुरुप मुखाकृती लक्षण मनोविज्ञानको आधार छुट्याउन सकेमा सफलता हासिल गर्नेमा कुनै शंका छैन।

 

धेरै पढिएको