News Desk
डिएन घिसिङ
आशय भाव व्यक्त गर्ने ध्वनि वा संकेतले राष्ट्रियतालाई उजागर गरेको हुन्छ।भाषीक बिकासको मेरुदण्ड सांस्कृतीक गतिविधिमा निहित रहन्छ।प्रचलित शब्दवाली वा शैलीले राष्ट्रिय पहिचान मात्रै हैन अर्थ समेत राखेको हुन्छ। बिश्वब्यापी रूपमा बोलीने अङ्ग्रेजीलाई अष्ट्रेलियाले आधिकारिक राष्ट्रिय भाषाको रूपमा मान्यता दिएको छ।अंग्रेजीको उत्पत्ति उपनिवेशवादसँग जोडिएको छ। १७औं शताब्दीको अन्त्यतिर इङ्गल्याण्डले अष्ट्रेलियालाई नियन्त्रणमा लिए पश्चात् भाषा, कानून, शिक्षा र संस्कृति समेतमा एकरुपता ल्याएका थिए। अष्ट्रेलियामा अंग्रेजी ब्रिटिश अंग्रेजीमा आधारित भएको हुनाले अधिकांश शब्दावली समान भेटिन्छ। यद्यपि, अष्ट्रेलियामा थुप्रै आदिवासी भाषाहरू छन्,सन १९५० यता देखि लोप भइसकेका भाषा मध्ये जीवित भाषाहरूमा थोरै बोल्नेहरू भेटाइन्छ। अष्ट्रेलियाका आदिवासीहरुले अंग्रेज़ी भाषामा अझै पनि स्पष्टता प्रकट गर्न सकिरहेका छैनन् ।उनीहरुलाई राज्यको सुबिधाजन्य अवस्था सृजना गरेर परिबर्तनका खाकाहरु तयार गरेका छन।
अष्ट्रेलिया सरकारको तथ्यांक अनुसार ७० प्रतिशत अङ्ग्रेजी तथा ३०प्रतिशत अन्य भाषाको प्रयोग हुने गरेको तथ्य सार्बजनिक भएको छ।मुलतःआप्रवासी नितिले समेत भाषीक चुनौती सामाना गर्नु परेको छ।अष्ट्रेलिया सरकारले नितिगत तहमा आप्रवासीको स्थायी बसोबास लगाएता बिषयमा अङ्ग्रेजी भाषाको अनिवार्यता स्पष्ट गरेको छ। अङ्ग्रेजी भाषामा समेत दुई भिन्नता देखिन आएको छ।बृटिस मोडालिटी र अमेरिकी मोडालिटीको स्वरध्वनि लबज जस्ता कुराले बिशेष अर्थ राख्दै आएको छ।भाषिक सुन्दरतामा मात्रै नभई आशयमा समेत उच्चारण तथा संकेतले ब्यक्तिको समुदायलाई पहिचान गर्न मद्दत गरेको हुन्छ। बिशेषत अष्ट्रेलियामा स्थायी बसोबास गर्ने समुदायस्तरमा अङ्ग्रेजी भाषाको प्रयोगमा बंशजलाई सहजै पहिलाउन अनुमान गर्न सकिन्छ।
पश्चिम युरोपेली मुलका नागरिक तथा एसियाली मुलका नागरिक बिचको सम्वादको प्रस्टता देखाउछ। अझ एसियाली मुलका दक्षिणी एसियाली र पुर्बी एसियाली मुलक नागरिकको अन्तर सवादमा अङ्ग्रेजी भाषाको प्रयोगमा ध्वनि उचारणले मौलिकता र राष्ट्रियता झल्काएको हुन्छ।त्यसो त पुस्तौंदेखि अस्ट्रेलियामा बस्ने नागरिकहरुको लवजको भिन्नमता पारिवारिक तथा सास्कृतीक अबस्थाले समेत परिबर्तन देखिएको छैन।बेलायती तथा अमेरिकी भाषाको उचारण तथा शब्द संकेतमा भिन्नभिन्न अबस्था बाट नागरिक आकर्षित भएको देखिन्छ । अन्तर्राष्ट्रिय प्रचलनमा बेलायती तथा अमेरिकी भाषाको भिन्नभिन्न उचारण तथा शब्द संकेतमा अस्ट्रेलिया प्रेरित रहेको छ।सरकारी कामकाज तथा जनजिब्रो लवज जनगणत्वको आधार साथै राजनीतिक प्रभावले भाषाको प्रयोग र समायोजनलाई धेरै सघाउ पुर्याइराखेको छ।
अष्ट्रेलियामा भाषा माध्यमको सशक्त परिबर्तन भनेको प्रारम्भिक शैक्षिक अवस्थालाई लिइएको छ।यद्यपि शैक्षिकसत्रमा ज्ञानको मोडालिटी र पारिवारिक अन्तर भाषाको सवादले समुदाय स्तरमा प्रस्तुत गर्ने शब्द चयन यस्का पर्यायवाची हुन। अष्ट्रेलिया बहुराष्ट्रिय भाषिक सभ्यताको केन्द्र भएको छ।अङ्ग्रेजी भाषाको प्रयोगात्मक अभ्यासमा बेलायती र अमेरिकी समायोजनको स्पष्ट झल्काएको देखिन्छ।यसर्थ अष्ट्रेलियाले बहुसांस्कृतीक परिचायक बोकेको छ।