नेपाली कराते खेलको ऎतिहासिक सफलताको अन्तर्य : लयात्मक चुनौती र दिग्भ्रमित नेतृत्व
News Desk
Dec-16 , 2023 तारिख 11:03 बिहान

डिएन घिसिङ

एसियाली खेलकुदको महाकुम्भ चीनको हाङ्जाउमा सम्पन्न १९औ एसियन गेम्समा एरिका गुरुङले रजत पदक हात पारेपछि कराते खेलको संभावना मुलुकले पुनः एक पटक औल्याएको छ। त्यसो त, नेपाली खेलकुदमा ४ दशकको यात्राको क्रममा एसियाली खेलमा सिता राई, समर गोले र विमला तामाङले करातेमा कास्य पदक दिलाएको ऐतिहासिक पक्षको चर्चा उल्लेखनीय छ । यता दक्षिण एसियाली साग गेम्सको पदकको संख्या गणनामा चाङ छदै छ।

नेपाली कराते खेलको संस्थागत पद चयन लामो समय आक्रान्तमय थियो।अनुशासनको चरम दुरुपयोग भएको भन्दै करातेका हस्तिहरुले सैद्धान्ति पक्षको पक्षपोषण गर्थे । जबकी व्यक्तिगत स्वार्थको संकट खेलाडीहरुमा प्रष्ट झल्किन्थ्यो। यसै परिवेश माझ त्यो युगको अन्त्यका लागि राष्ट्रि«य खेलकुद परिषदमा पूर्व सदस्य सचिव युवराज लामा नेपाल कराते महासंघको अध्यक्षको जिम्मेवारी सम्हाल्न आईपुगेका छन््।  साहस, चुनौती र व्यवस्थापन कौेशलताको खोजीको उपज रुवरुप उनको चयन भएको प्रष्ट बुझ्न सकिन्छ । .
  
  नेपाल कराते महासंघमा अध्यक्ष युवराज लामाको आगमनमा अलिखित बहस

 नेपाली चलचित्र जगतमा खलनायक भुमिकामा युवराज लामाको जति चर्चा थियो त्यतिनै चर्चा राखेपमा सदस्य सचिव हुँदाका बखतमा रह्यो । उनकै कार्यकालमा कोरियाको इन्चोनमा सहभागी बिमला तामाङले नेपाललाई दिलाएको पदक र उपलब्धीलाई नेपाली खेलकुदले कहिल्यै बिर्सन सक्दैन्। तत्कालीन राखेप, नेपाल ओलम्पिक कमिटी र मन्त्रालय बीचको टकराव व्यक्तिगत स्वार्थमा रुमल्लिरहेका बेला नेपाली खेलकुद निराशामा परेको थियो। एकहदमा भन्नू पर्दा व्यक्तिगत दम्भ र चरम पदिय दुरुपयोगको शिकार हुनुपरेको बिडम्बना खेलाडीको मानसपटलमा आज पनि ताजा नै छ। राखेपमा लामाकै कार्यकालमा नेपाल कराते महासंघलाई दावा गुरुङको नेतृत्वमा राष्टिय स्तरमा मात्रै सिमितराख्ने काम भएको थियो।त्यसो त पूर्व सदस्य सचिव लामाले महासंघको जिम्मेवारी सम्हालेपछि वैट एन्ड सिको अवस्थामा हेरिको थियो।
       
 विश्व कराते महासंघ र ओलम्पिकको सम्बन्धको अनिवार्यताका जानकार लामा गहन ढंगले समायोजनमा जोडबलमा जुटेका थिए। छिमेकी राष्ट भारतमा समेत कराते विवादको चरम उत्कष्र्षमा पुगेका बखत भारतीय अधिकारी भरत शर्मा विश्व कराते महासंघ र एसियाली कराते महासंघको कार्यकारी हैसियतले नेपाली कराते महासंघमा समेत प्रभाव देखाएको देखिन्छ।
 
विगतको दुरदशालाई अत्यन्तै नजिकबाट बुझेका अध्यक्ष लामाले महासंघका उपाध्यक्ष डा ओमकृष्ण प्रसाईं एवंअर्का उपाध्यक्ष मजेन्द्र सिंहसहितको टोलीलाई अन्तर्राष्ट्रिय छबवको सुधारको जिम्मेवारी दिएका थिए। डा प्रसाइको नेतृत्वमा भारतमा सम्पन्न प्रतियोगिता र औपचारिक छलफल पश्चात् नेपाल कराते लयमा बगेको जानकार बताउँछ्न।

अध्यक्ष लामाले केही दिन अगि आफ्नो फेसबुकमा पोस्टमा वर्तमान कराते लयको पुलिन्दा खोलेका छ्न्। यद्यपि भारतमा भने कराते महासंघको आधिकारिकताका सवालमा भारतिय ओलम्पिक कमिटी र विश्व कराते महासंघले मान्यता दिएको संघको पदाधिकारी बीचको मुद्दा अदालतमा विचाराधिन  रहेको छ। यता नेपाल कराते महासंघको अन्तर्राष्ट्रिय सम्बन्धन र त्यसका उपब्धीमा भने राष्टिय राजनीतिक गठबन्धनको धुब्रीकरणले सहज बनाएको छ। नेपाल ओलम्पिक कमिटी र राखेप नेतृत्वको सहजीकरणले अन्तर्राष्ट्रिय सहभागीतमा उस्तै मार्गप्रशस्ती गरेको छ। राष्टिय खेलकुदमा सबैभन्दा बढी संख्यामा परिषदमा कराते प्रशिक्षक दरबन्दी र स्वयंसेवक प्रशिक्षक भएको खेलका रुपमा समेत परिचित छ। 
 

अध्यक्ष लामाको व्यवस्थापकिय कमजोरी र चुनौती

नेपाल कराते महासंघको आयोजनामा गतहप्ता नेपालमा दक्षिण एसियाली कराते प्रतियोगिता सम्पन्न भएको छ। तयारी व्यवस्थापनको चुस्तता र आर्थिक पारदर्शिताको सवाललाई लिएर प्रश्न खडा गरिएको छ। यसअगी उनै अध्यक्ष लामाले आफ्नो फेसबुकमा करिब ३करोड भन्दा बढी फाइदा हुने हवाला दिदै पोस्ट गरेका थिए। अध्यक्ष लामामानीतिगत निर्णयभन्दा व्यक्तिगत चर्चा बटुल्न चाहने सोच भएकाले व्यवस्थापकिय अकर्मण्यता सतहमा आएको विष्लेषण उनी ईतर पक्षको छ ।महासंघको बैठकमा प्रायःप्रस्तुत हुँदा जीवन र दर्शन बारे व्याख्या गर्ने भएता पनि नीतिगत सवाल र संगठित हुने सन्दर्भमा चुकेको सहजै अनुमान गर्न सकिन्छ। पुर्वका खेलाडी तथा प्रशिक्षकले विरोधाभाष प्रयोग गर्दै आइरहेका छ्न्।

तत्कालीन राखेप सदस्य सचिव हुँदाको  बखत भने लामाले आफुलाई नेपाल करातेको संस्थापकको हैसियत प्रस्तुत गर्दै आइरहेका थिए। यद्यपि उनी संस्थापक मध्येका एक सह(खेलकर्मी भएको करातेका दिग्गजहरु बताउने गर्द्छ्न्।

लामाको नेतृत्वमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सिंगापुरमा सहभागी गराउँदा तत्कालीन सदस्य सचिव स्व शरद चन्द्र शाहले उनलाई कारबाही गरेपस्चात उनी चलचित्र क्षेत्रमा कृयाशिल भएका थिए। नैतिकवान रुपमा आफुलाइ चित्रीत गर्ने स्वाभावका लामा व्यक्तिगत हठमा प्रधान बिषय बनाउने गर्दछ।
असल व्यवस्थापनको अभावमा लामा नेतृत्व चुकेको प्रष्ट देखिन्छ। देशभरका खेलाडीहरुले बुदागत रुपमै असन्तुष्टि व्यक्त गरेका छ्न्। १९औ एसियाली पदक विजेतालार्इ राज्यबाट घोषणा भएको नगद पुरस्कार र राष्टिय प्रतियोगिता नगद पुरस्कारमा तत्परता नदेखाएको आरोप लगाएका छ्न्। नेपालमा आयोजित साग च्याम्पियनसिपको आर्थिक पार्दशिताको सवालमा उच्चस्तरीय लेखा समिती गठन गर्नुपर्ने माग आम कराते खेलाडीहरुले उठाउन थालेका छन्। करातेको कार्यक्रम वा प्रतियोगिता तय गरिदा पूर्व बार्षिक कार्यक्रम तालिका अनुसार समायोजन गर्न नसकिएको असक्षमता उजागर गरेका छ्न्।
त्यसो त करातेको अन्तर्राष्ट्रिय मुल्य मान्यतामा प्राविधिक धारतर्फ  सितरियो ,सोतोकान ,गोजोरियो र वादोकाई खेल भएता पनि समायोजन अभ्यासमा चुकेको देखिन्छ। समयमै करातेमा लामाको नेतृत्वमा व्यवस्थापकिय जिम्मेवारि हेरफेर गर्न सकिएन भने आगामी दिनमा कराते खेलको विकास हुनेमा शंका गर्न सकिन्छ।

(यो लेखकको निजी विचार हो)