"आमा " : दिव्या बोहोरा | Poem by Dibya Bohara
News Desk
May-09 , 2024 तारिख 08:53 बेलुका

जन्म दियाै आमा मलाई तिम्रो शृष्टिमा ,

विश्वभरकी देवि हाै तिमी मेराे दृष्टिमा 

नाै महिना काेखमा राखी सह्याै दु:ख ,कष्ट

हाम्रा लागि गर्याै तिमीले आफ्ना सपना ध्वस्त ।

 

हात समाई तातेताते गर्दै हिड्न सिकायाै

जीवनमा हामीलाई राम्रो बाटाे देखायाै

आमा तिमी हेर कति छाै शक्तिशाली 

हामीलाई दु:ख आइपर्दा बन्छाै महाकाली ।

 

हामीलाई राम्रो लुगा किनी आफूले लायाै फाटेकाे

थाहा पाउँछु आमा तिमीले हाम्रो लागि ढाँटेकाे

तिमीलाई खुसी बनाउने म वाचा कसम खान्छु

सुखकाे महलमा तिमीलाई रानी बनाइ पाल्छु।

 

               रचनाकार : 

                नाम: दिव्या बाेहाेरा

                कक्षा : आठ ( ८ ) 

                राेल्न नं :एक ( १ ) 

                स्कुल: सेन्ट जर्ज स्कुल ,विशालनगर ५,काठमाडौं