काठमाण्डौं । युरोप र एसियाली मुलुकका पर्यटकहरु मिलेनियम होमस्टे ट्रेकमा रमाएका छन् । मिलेनियम होमस्टे ट्रेक अन्तर्गत दुलेगौंडा, भुजीकोट, घरेडी, कोल्माकोट, पोखरासम्मको पदयात्राका लागि नेपाल आएका ९ विदेशी पर्यटकहरु पदयात्रासहित होम स्टेको आथित्य सत्कारबाट रमाएको आफूले पाएको होम स्टे ट्रेक नेपाल एवं स्वत ट्राभल्स एण्ड एडभेन्चरका संस्थापक अजय कुमार श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँका अनुसार बेलायत र मलेसियाली नागरिकहरु सम्मिलित उक्त टोलीले ५ दिनमा पदयात्रा पुरा गर्नेछन् ।