News Desk
असारे गीत....
- हरिराज वाग्ले
जोत्छ र साउँछ लौ ट्याक्टरले हल गोरु पाइएन ।
हलीदाइहरु बाउसे वन्नु हलो नै चाहिएन । ।
कान्लालाई भास्न छेउ-कुनो तास्न वाउसे दुइ चार ।
विउ काड्ने व्याडे रोप्ने रोपाआज असार - १५ ( धान दिवस ) २०८२ को उपलक्षमा सबै - सवैमा शुभकामना सहित एउटा सृजना .....
असारे गीत....
- हरिराज वाग्ले
जोत्छ र साउँछ लौ ट्याक्टरले हल गोरु पाइएन ।
हलीदायीहरू बाउसे बन्नु हलो नै चाहिएन । ।
कान्लालाई भास्न छेउ-कुनो तास्न वाउसे दुइ चार ।
बिउ काड्ने व्याडे रोप्ने रोपारा आका छन् एघार ।।
काम भन्दा बढी हिलोमा खेल्दै असारे गाएका ।
बाउसेले लुक्दै रोपारेलाई छेंड हान्न भ्याएका ।।
जिम्मल्नी आमा गरामा पसिन भकारी राख्नलाई ।
जिम्मल बानी नगिचै गए दक्षिणा हाल्नलाई ।।
सबैले हातमा बिउ र हिलो अपुङ्गे लिएर ।
हिलोको टिका बिउको फूल शिरमा सिउरेर ।।
असारे जात्रा हेर्नलाई टन्नै दर्शक आएका ।
असार १५ मनाउनलाई सब भेला भएका ।।
सबै काम सकी खोलामा पसी सफाचट भएर ।
डिलैमा बसी दही - चिउरा आँप दोप्परे खाएर ।।
साँझमा घर फर्के रमाइलो गर्दै असारे भट्ट्याउँदै ।
असारे गीतमै कतिले माया पिरती घुसाउँदै ।।
अस्तु :