स्वस्थ फोक्सोका लागि अनुशासित व्यायाम 
News Desk
May-12 , 2021 तारिख 02:40 बिहान

डिएन घिसिङ

व्यायाम स्वास्थ्यकर जीवनशैलीको एक महत्त्वपूर्ण अंश हो।स्वस्थ शरीर र स्वस्थ समाजका लागि खेलकुद वा ब्यायाम अपरिहार्य छ।वास्तवमा खेल गतिविधी पनि स्वास्थ्य र निरोगीताको पहेली हो।

 

मानव अंगमा सबैभन्दा महत्वपुर्ण अंग फोक्सो हो । फोक्सो बिना मानिस जीवित रहन सक्दैन।तर मानिसले जानअन्जानमा गर्ने जीवनशैली र आचरणले फोक्सोमा ठूलो समस्या आइपर्दछ।फोक्सो,जसले शरीरमा श्वासप्रश्वास प्रक्रियालाई सघाउँछ।भनौं,श्वासप्रश्वासको मूख्य हिस्सा नै फोक्सो हो।फोक्सोका दुई भाग हुन्छन्, दायाँ र बायाँ, जुन श्वासनलीसँग जोडिएको हुन्छ।फोक्सोले शरीरलाई आवश्यक अक्सिजन आपूर्ति गर्न र शरीरमा जम्मा भएको कार्वनडाइअक्साइड निष्कासन गर्ने काम गर्छ।शरीरमा अक्सिजनको मात्रा पर्याप्त भएमा स्वस्थ रहन्छ।अपर्याप्त भएमा त्यसैले रोग निम्त्याउँछ।प्राण धान्नका लागि खाना,पानी र आरम जति आवश्यक छ,त्यो भन्दा बढी शुद्ध वायुको छ।

अहिलेको समयमा 'कोरोना भाइरसको पहिलो आक्रमण फोक्सोमै हुने गरेको तथ्य सार्वजनिक भएको छ।सबैलाई थाहा भइसकेको कुरा हो,कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो।अन्य श्वास प्रस्वास बाट लाग्ने रोगहरूको जस्तै,कोभिड १९ कोरोनाले फोक्सोको स्थायी क्षति निम्त्याउँछ।कोरोना संक्रमण भएपस्चात चरमक्रिया भनेको निमोनियाले दुबै फोक्सोमा प्रभावित बनाउनु हो।फोक्सोको वायु थैलीमा तरल पदार्थ भरिन्छ,अक्सिजन ग्रहण गर्ने क्षमतालाई सीमित गर्दछ र सास फेर्न,खोकी र अन्य लक्षणहरूको जटिल कारण देखा पर्दछ।

'व्यायाम विधि यस्तो मौलिक कार्य हो जुन अभ्यस्तले जिबनको संघीन मोडमा समेत सामान्य अबस्थामा ल्याइदिन सघाउ पुर्याइ राखेको हुन्छ।शारीरिक श्रम र शारीरिक चलायमान पद्धतिले स्वास प्रस्वासको गति नियन्त्रण वा बढाउ दिने कार्यको निरंतरता दिएको हुन्छ।'

व्यायाम विधि यस्तो मौलिक कार्य हो जुन अभ्यस्तले जिबनको संघीन मोडमा समेत सामान्य अबस्थामा ल्याइदिन सघाउ पुर्याइ राखेको हुन्छ।शारीरिक श्रम र शारीरिक चलायमान पद्धतिले स्वास प्रस्वासको गति नियन्त्रण वा बढाउ दिने कार्यको निरंतरता दिएको हुन्छ।

व्यायाम सबैका लागी उत्तम रहन्छ,चाहे जवान वा बुढो, पातलो वा ठूलो,सक्षम शरीर वा दीर्घकालीन रोग वा अशक्तताको साथ बाँचिरहेका हुन्छन।शारीरिक गतिविधिले गम्भीर बिरामीको जोखिमलाई कम गर्दछ।नियमित व्यायामले चिन्ता र उदासीनतालाई कम गराउदछ।

कस्तो प्रकारको व्यायाम र कत्तिको? भन्ने जिज्ञासा स्वयंमा शरीरमा भर पर्ने तर्क हेल्थ फिट्नेस जर्नलमा प्राध्यापक टिमोट चर्चेले उल्लेख गरेका छन् । अमेरिका स्थित पेनिङ्गटन बायो मेडिकल रिसर्च लुजानाका लागि तयार गरिएको एक सोधमा अपेक्षाकृत तालिका भन्दा मनोरञ्जनात्मक फिटनेसले स्वास्थ्यमा लाभ मिल्ने अर्थ्याएका छन् । यदि तौल घटाउन कोशिस गरिन्छ भने त्यो धेरै सरोकारसग जोडिन्छ जुन खानपिन,निद्रा,शरीरको स्वस्थ्य अबस्था मह्त्वपुर्ण हुने तर्क समेत सो सोधमा उल्लेख गरेका छन् ।  

कसरी व्यायामले फोक्सोलाई सुदृढ बनाउन सकिन्छ यत्रतत्र चासोको रुपमा खोजिएको उत्तर हो।सामन्यतय शारीरिक चलाएमान हुँदा मुटु र फोक्सोको धटकन परिवर्तन हुने गर्दछ जसका कारण शरीरको चाल सामान्य हुँदा अक्सिजन आपूर्ति भै वृद्धि हुने गर्दछ।किनकी सास फेर्न व्यायामले मद्दत गर्दछ भन्ने सर्न्दर्भमा चिकित्सक मार्क कोर्टनीले अमेरिकन लङ हेल्थ एसोसिएसनको बिशेष स्तम्भमा स्पष्ट खुलाएका छ्न।जब स्वस्थ फोक्सो हुन्छ, सास फेर्न प्राकृतिक रुपमै सजिलो महसुस हुन्छ।उनले बिशेष मह्त्व दिदै लेखेका छन "हाम्रो फोक्सो सन्तृप वायुको कम्पन हो। समयको साथसाथै,अधिकाम्स समय बासी हावा बढ्दछ,ती हावाहरुलाई अदली बदली गर्न र ताजा अक्सिजन ल्याउँन शारीरिक ब्यायाम निकै अर्थ पुर्ण हुने दाबी गरेका छ्न।

'प्रायःदिनचर्या शारीरिक श्रम गर्ने हकमा भने असल जिबनको स्वस्थ अभ्यास भन्न सकिन्छ।जसले स्वस्थ वायुको कम्पनमा समय बिताएका हुन्छ त्यो परिबर्तीत समयमा पनि स्वास्थ शरीर हटबढाउनु नपर्ने अवस्था रहन्छ।'       

प्रकृतीमा अभ्यस्त रहने दैनिकीमा पर्यावरणले निकै सघाउ पुराइराखेको हुन्छ।प्रायःदिनचर्या शारीरिक श्रम गर्ने हकमा भने असल जिबनको स्वस्थ अभ्यास भन्न सकिन्छ।जसले स्वस्थ वायुको कम्पनमा समय बिताएका हुन्छ त्यो परिबर्तीत समयमा पनि स्वास्थ शरीर हटबढाउनु नपर्ने अवस्था रहन्छ।

परिबर्तीत समयमा जतिसुकै सर्तक हुँदाहुँदै पनि प्रदुषित वातावरणको कारण फोक्सोमा दुषित वायु जम्मा हुन थाल्छ। यसबाट बच्नको लागि फोक्सोबाट विषाक्त पदार्थ बाहिर निकाल्न जरुरी छ।फोक्सोमा फैलिएका विषाक्त पदार्थलाई सजिलै सफा गर्न स्वस्थ खानपिन र ब्यायाम असली उपचार हो।शरीरमा अक्सिजनको मात्रा पर्याप्त भएमा स्वस्थ रहन्छ।त्यसकारण शरिरमा अक्सिजन पुर्याउने फोक्सोलाई स्वास्थ्य राख्न जरुरी पनि छ।