चाचा चाैधरीको फण्डामा फसेको गब्बर सिंह " नेपालको नयाँ संस्करणमा" खडक प्रसाद !
News Desk
May-25 , 2021 तारिख 04:53 बिहान

भारतीय भाषाको चल्ती सिनेमा "सोले" अझै मेरो मानसपटलमा ताझै छ। मैले पढेकार सिकेका जीवन अनेक पाठहरु बिर्सि सके तर सोले अझैपनि मलाई " धाँसु" चलचित्र लाग्छ। सन् १९७५ को दशकमा रिलिज भएको यो सिनेमाको महत्वपुर्ण कडि हो "गब्बर सिँह" र " चाैधरी" । यी दुई पात्र "हिरो" र नालायक भिलेनको रोलमा छन । म १० बर्षे केटो " स्कुलको भगाैडे" मेरो मानसपटलमा निद्रामा पनि गब्बर सिँहको आवाज गुन्जिन्थियो " जब ५० मिल दुर बच्चे रोते है तो माँ कहेति है सोजा बेटे सोजा नहि तो गब्बर आजाऐगा" मेरो मनमा लाग्थ्यो यो गब्बर मरेको छैन कि? जिउदै छ कि? फेरी म खाजा खाने पैसाले थर्ड क्लास टिकट सायद रु:५० पैसाको हुनुपर्छ। हल भित्र छिरे पछि एकै चोटि बेलुकी ५ बजे हलबाट गब्बर मारिएको कन्फर्म भएपछि निक्लिन्थीए । यो मैले धेरै दिन गरिरहे- दोर्याईरहे । यो एक प्रकारमा बच्चामा परेको मानसिक छाप बिस्तारै धुमिलिदै जान्छ र मानिस सहज जीवन यापन तिर लाग्छन, उमेरको रेखी ४५ बर्ष कटेपछि त चक्कर, रिस, राह र मोहबाट मानिस बिस्तारै पर- पर सर्दै जान्छन ( यस्को मतलब सबै आकर्षण छोडदै जान्छन भन्ने चाही होईन नी ) । तर, मैले मानसिक बिषय अध्ययन गरेको त छैन तर एउटा कुरामा के ठोकवा गर्छु भने त्यो बाल्यकालको छापले नै मानिसलाई एक प्रकारको जीवन जिउने प्रभाव पारिरहन्छ, त्यो चाहिदो - नचाहिदो हिसाबले दिमागको असुप्त क्षेत्र भित्र पसेर खेलिरहेको हुन्छ ।

मैले हाईपोथेटिकल कुरा गरिरहेको छैन यदि तपाईहरु चाहनुहुन्छ भने बिक्रत्री मनोबिज्ञसँग बुझेर कन्फर्म गर्न सक्नु हुन्छ तर यी कुराहरु मैले नितान्त ब्यक्तिगत अनुभबको आधारमा भनिरहेको छु । नभए समाजमा हेर्न सक्नु हुन्छ, बुझ्न सकिन्छ। यो बिक्रत्री धनसँग गासिएको हुनसक्छ, भ्रमणसँग गासिएको हुनसक्छ, सुरा वा सुन्दरीसँग गाँसिएको हुन सक्छ या त शक्तिसँग गाँसिएको हुनसक्छ। कुनै न कुनै रुपमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानिसको बाल्यकालसँग जोडिएको हुन्छ।

अब , सन्दर्भ आजको राजनैतिक गिला- सिकवासँग के जोडिएको होला त? खडक प्रसादका बाल्य जीवनकाल कसरी बित्यो। मुख्य कुरा खडकलाई प्रभाव कसले पार्यो भन्ने रहन्छ। तपाईहरु , उहाँको भाषण वा पत्रकार सम्मेलनमा उहाँको मनोभाब अध्ययन गर्नुहोस । उहाँको दुबै पात्र मन भित्र डेरा जमाएर बसेको छ " तर, गब्बर उहाँ भित्रको" प्रभावसाली पात्र हो" चाचा चाैधरी त हात नभएको अपाहिज , जसले आफ्नो परिवारको हत्याराको बदलालिन " दुई हिरोको साहारा लिन्छन " धर्मेन्द्र र अभिताभ " जसले चाैधरीका बाल - बाल ईज्जत जोगाई दिन्छन। यहाँ " खडक प्रसाद" का कुनै ईज्जत जोगाई दिन आवास्यक पर्ने पात्र नै छैन रियल जिन्दगीमा " आऐ आप गए झट्टारो" । उहाँ सबैका बा त बन्नु भो र सम्बन्धको भरपुर उपभोग पनि गर्नु भो ! त्यहि बा का छोराहरुको नाममा दिग्गज प्रभावशाली दोस्रो लेयरका नेताहरु ( खडक प्रसाद गुटका) एक शब्द पनि उनका खिलाफमा उच्चाहरण गर्न सक्दैन । खडक प्रसादलाई बिज्ञ र चतुर राजनितीक खेलाडि भन्दा " धेरै भन्दा धेरै " कालीया चाहिएको छ" । मसँग धेरै प्रमाणहरु छन , ती कालीयाहरु सिहँदरबार भित्रका मन्त्रालयका गद्दिमा आलीसान " चट्टान माथी उभिएका बन्दुक बोकेका कालिया भन्दा सोझा र बिचरा निमुखा" उनिहरुका न आफ्नो बुद्धि चल्छ न विवेक अनि " खडक प्रसादले" कस्तो पुस्तालाई राजनीती हस्तान्तरण गर्दैछन " गम्भीर र सोचनीय बिषय हो र छ।

उनले पर्वरिस गरेका ( हुर्काएका) छोराहरु उनकै तालमा भजन गाउँछन, भजन गाउँदा कतै न कतै एकबारको जुनिमा अल्झिन पाईएला " सरकार चिप्लिएपछि" अर्को सरकार त कहिले हो कहिले ? खडक प्रसादलाई पनि राम्रो ज्ञान छ ,न उनका उत्तराधीकारी छन न आफ्नै सन्तान, त्यसैले म सकेसम्म एकलाैटि गर्छु भन्ने दुराशाय उहाँमा छ । मैले गरेको जति मेरो भई हाल्छन , नभए पद र शक्ति गएपछि को - कसको प्रेममय हुने ईतिहास छ र? गब्बरलाई यो राम्ररी थाहाँ भएको जस्तै हो। अन्तिममा गब्बर मारिन्छन् , उनका कालियाहरु अलप हुन्छन र छोराहरु बिलख बन्दनमा पर्छन, घरका काका र ठुला बाहरुलाई गरेको तिरस्कारको फल कतै सम्बन्ध नभएका बनावटी" छोरा र कालीया" हरुले तिर्न पर्ने हुनसक्छ। घरका पर्खालहरु टुटेको आवाज त आउदैछ त्यो लडेपछि चोट " खडक प्रसादलाई" लाग्छ भन्नु र गब्बरलाई चाचा छाैधरीको फण्डामा फस्यो भन्नु एउटै हो ।

(लेखकको भन्नु : यो रचना कसैप्रति लक्षित छैन, यदि कसैको नाम र पात्र ब्यक्तिगत चरित्र सँग मिल्न गयो भने त्यसलाई सँयोग मात्र मान्नु हुन्छुको लागि अनुरोध गर्दछु )

(लेखक: हरि भक्त श्रेष्ठ पेशाले दिग्गज पर्यटन ब्यबसायी र नेकपा एमालेका काठमाण्डौ जिल्ला कमिटि सदस्यका साथै क्षेत्र न ५ प्रदेश "क" ईन्चार्ज हुन ।)