News Desk
काठमाडौँ । स्थानीय तह निर्वाचनलाई सदुपयोग गर्ने नीति लिएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता–कार्यकर्ता निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय बनेका छन् । चुनावी प्रतिस्पर्धामा संलग्न हुने भएपछि पार्टी र सम्भावित उम्मेदवार भेला, सभा र घरदैलोमा जुटेका हुन् ।निर्वाचन आयोगमा दल दर्ता नभए पनि स्वतन्त्र उम्मेदवार उठाई निर्वाचनमा भाग लिने उसको तयारी छ । एमसीसी परियोजना र भ्रष्टाचारविरोधी दलसँग सहकार्य गरेर निर्वाचनमा भाग लिन नेकपाले निर्देशन दिइसकेको छ ।