कहाँ कसको अग्रता ?
News Desk
May-14 , 2022 तारिख 08:22 बिहान

कहाँ कसको अग्रता ? 

काठमाडौं । स्थानिय तह निर्वाचनको मतदान प्रकृया सम्पन्न भएसँगै कुल ७५३ स्थानिय तह मध्ये केही ठाउँमा हिजै देखी मतगणना शुरु भएको थियो भने केही आज बिहान देखी शुरु भएको छ । प्रारम्भिक मतगणनाले कतै गठबन्धन, कतै एमाले, कतै काँग्रेस, कतै नेकपा समाजवादी, कतै एकिकृत माओवादी, कतै राप्रपा, कतै संघिय समाजवादी त कतै स्वतन्त्र 
आदी दल अग्रस्थानमा देखिएका छन् ।                                                  

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा गठबन्धनबाट काग्रेशको सुरुवाती अग्रता लिएको छ । रातीबाट मतगणना सुरु गरिएको हो । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–१ बाट सुरु गरिएको मतगणनामा काग्रेशका अध्यक्षका उम्मेदवार विश्वलाल लामाको ४ सय ६२ मत प्राप्त गर्दा नेकपा एमालेका बेदकृष्ण पुडासैनीको ३ सय ६ मत प्राप्त भएको छ । यसैगरी काग्रेसबाट उपाध्यक्षका उमेदवार निर्मला रुम्बाको ३ सय ६३ मत र  नेकपा एमालेका उसा कुमारी लामाले २ सय ९६ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै तनहुँको म्याग्दे गाउँपालिकामा अध्यक्षमा 
एमालेले ४६८ र कांग्रेसले ३४४ र उपाध्यक्षमा एमालेले ३७४
र कांग्रेसले ४१६ मत प्राप्त गरेका छन् ।  

बुटवल उपमहानगरपालिकामा कांग्रेसको अग्रता लिएको छ ।सत्ता गठबन्धनबीच तालमेल भएको बुटवलमा मेयर पदमा कांग्रेसका उम्मेदवारले २१५ मत पाउँदा राप्रपाले ११३ मत पाएको छ । एमाले भने ७८ मतका साथ तेस्रो स्थानमा छ । अहिलेसम्म ४०० मत गनिएको छ।

काठमाडौंको टोखा नगरपालिकामा नेकपा एमालेका उम्मदेवारले सुरूवाती अग्रता लिएका छन्।
मेयर पदका लागि अहिलेसम्म एमाले उम्मेदवारले ९९ मत ल्याएका छन्।

यस्तै नेपाली कांग्रेसका उम्मेदवारले ६५, नेकपा माओवादीका उम्मदेवारले १३, नेकपा एकीकृत समाजवादीका उम्मेदवारले १ र नेमकिपाले ८ मत ल्याएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ। टोखामा गएरातिदेखि मतगणना गरिएको थियो।

                                                 
नुवाकोटको तादी गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । सुरुवाती मतगणना अनुसार माओवादीका किरणकुमार रिजालले ४ सय ३२ मतसहित अग्रता लिएका छन् । 
उपाध्यक्षमा पनि माओवादी केन्द्रले नै अग्रता लिएको छ । माओवादीकी सन्जु प्याकुरेलले पनि ४ सय ३२ मतसहित अग्रता लिएका हुन् । कांग्रेसका सन्तमान तामाङले ३ सय ८१ मतसहित दोस्रो र एमालेका विजयकुमार खनाल ३ सय २० मतसहित तेस्रो स्थानमा छन् । कांग्रेस र एमालेका उपाध्यक्ष उम्मेदवारहरू ईश्वरी उप्रेती र अस्मिता तामाङले पनि क्रमशः ३ सय ८१ र ३ सय २० मत ल्याएका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिकामा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ। वडा नम्बर १ को ६०० मतगणना हुँदा मेयरमा राप्रपाले २३४ मत ल्याएको छ भने नेकपा एमालेले २११ मत ल्याएको छ। त्यस्तै नेपाली काँग्रेसले ३४ मत  प्राप्त गरेको छ।

मोरङको कानेपोखरी गाउँपालिकामा एमालेको अग्रता लिएको छ। प्रारम्भिक मत गणनामा अध्यक्ष र उपाध्यक्षमा एमालेले अग्रता लिएको छ। ८ सय मत गणना गर्दा एमालेकी राजमति इङनाम ३ सय १ मत ल्याएर अगाडि छिन्। कांग्रेसका सञ्जय भट्टराईले १८४ र माओवादीका सूर्य धिमालले १२९ मत ल्याएका छन्। एमालेका उपाध्यक्ष उम्मेदवार भोला अधिकारिले ३१८ मत ल्याएका छन्। कांग्रेसका मनु गुरुङले २२८ र माओवादीकी तारा ओझाले २३८ मत ल्याएकी छिन्।

चितवनको माडी नगरपालिकाको प्रारम्भिक नतिजा अनुसार गठबन्धनको अग्रता रहेको छ। अहिलेसम्म २०० मत गन्दा मेयरमा गठबन्धन अन्तर्गत माओवादी केन्द्रका उम्मेदवार ऋषि काफ्लेले ८९ मतसहित सुरुवाती अग्रता बनाएका छन्।

त्यस्तै, नेकपा एमाले र राप्रपाको गठबन्धनबाट एमालेकी उम्मेद्वार कताराकाजी महतोको ८२ मत आएको छ।उपमेयरमा नेपाली कांग्रेसका खेम महत्तोको ८० मत आएको छ भने स्वतन्त्र उम्मेद्वार कृष्ण पौडेलको ३८, राप्रपाको १८ मत प्राप्त भएको छ।

नुवाकोटको विदुरमा मेयरमा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका राजनलाल श्रेष्ठले ४५ मत प्राप्त गर्दा एमालेका सञ्जु पण्डितले ३९ मत प्राप्त गरेका छन । त्यस्तै उपप्रमुखमा एमालेकी अम्बिका पौडेल नेपालले २४ मत प्राप्त गर्दा माओवादीकी प्रभा बोगटीले १९ मत प्राप्त गरेकी छिन ।

काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयरका लागि १ हजार मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवार राजकुमार नकर्मीले ४२७  मत ल्याएका छन् भने एमालेका केशरत्न बज्राचार्यले २८० मत पाएका छन्।त्यस्तै, माओवादी केन्द्रका शिवशरण महर्जनले ११७ र एकीकृत समाजवादीका बटुककृष्ण थापाले २२ मत पाएका छन्।

महोत्तरीको बर्दिबास नगरपालिकामा ४६७ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिएका छन्। ४६७ मतगणना गर्दा क्षेत्रीले १९०, एमालेका टेकबहादुर बलाम्पाकीको १०३, माओवादी केन्द्रका राजु खड्काको ५४, कांग्रेसका चिरञ्जीवी हमालले ५ मत ल्याएका छन्  ।                                                        

अन्यत्रबाट समेत मतगणनाको ताजा नतिजा आईरहेका छन्  ।

Related Post