News Desk
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रारम्भिक मतगणनामा बालेन शाह अगाडि देखिएका छन् । अपराह्न २ बजेसम्मको मतगणनामा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको (बालेन) को अग्रता कायमै छ।
मतगणनाको प्रारम्भिक परिणामअनुसार साहले २८७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका केशव स्थापितले १९२ र नेपाली कांग्रेसकी सिर्जना सिंहले १४८ प्राप्त गरेकी छिन् ।
महानगरपालिकाको वडा नं १ र ३२ बाट गणना सुरु भएको छ। मतगणना जारी छ।