News Desk
प्रधानमन्त्री देउवाको वडामा कांग्रेस (बीपी) का नरेश भण्डारी विजयी
डडेल्धुरा । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको डडेल्धुरा स्थित गन्यापधुरा गाउँपालिका १ मा कांग्रेस बीपीले विजय हासिल गरेको छ । ‘करुवा’ चुनाव चिन्ह रहेको कांग्रेस बीपीका नरेश भण्डारीले १२९ मतान्तर सहित कांग्रेसका उम्मेदवारलाई पराजित गरेका हुन ।
भण्डारीले ६७३ मत प्राप्त गर्दा कांग्रेसका चन्द्र देउवाले ५४४ मत मात्रै प्राप्त गरेका छन्।
कांग्रेसले कार्वाही गरि पार्टीबाट निस्कासनमा परेका कर्ण मल्ल समूहले बीपी कांग्रेसको करुवा चुनाव चिन्ह लिएर कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ। डडेल्धुरामा कांग्रेस बीपी र नेकपा (एमाले)बीच चुनावी तालमेल रहेको छ।