बालेनलाई पछ्याउदै सिर्जना
News Desk
May-14 , 2022 तारिख 11:46 बिहान

 

काठमाडौं ।  काठमाडौ महानगरको पछिल्लो परिणाम अनुसार  बालेन्द्र साहले २ सय मतले अग्रता लिएका छन् । बालेनले  ४८० मत प्राप्त गर्दा  सिर्जना सिंहले २८० मत प्राप्त गर्दै उनलाई पछयाई रहेकी छिन् । तेस्रो स्थानमा एमालेका केशव स्थापित छन्। 

उनले २ सय मत प्राप्त गरेका छन भने अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७९ मत प्राप्त गरेका छन्। महानगरपालिकाको वडा नं १, २, ३, ४ र ३२ वडाको मत गणना भइरहेको छ।  

काठमाडौ महानगरपालिकाको कुल मतदाता संख्या ३ लाख २४२ छ। ३२ वटा वडा छन । मतदान केन्द्र १५६ छन्।

धेरै पढिएको