News Desk
चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर तर्फकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छिन् । १ मा ३ सय ५० मत गन्दा रेनु दाहालले १ सय ३३ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले १ सय २७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १ सय ६३ र राप्रपाकी हिमला गुरुङले ९१ मत प्राप्त गरेकी छिन् ।