२५३ पालिका प्रमुख र २०६ उपप्रमुखमा कांग्रेसको अग्रता,१६९ प्रमुख र १८२ उपप्रमुखमा एमाले अगाडि
News Desk
May-15 , 2022 तारिख 07:16 बिहान


काठमाडौं । स्थानीय तहको निर्वाचनमा सत्तासीन नेपाली कांग्रेस पहिलो पार्टी बन्ने संकेत देखिएको छ ।अहिलेसम्मको मतपरिणामले कांग्रेस पहिलो पार्टी बन्ने देखाएको हो ।

अहिलेसम्म कांग्रेसले १९ पालिका प्रमुख र १४ उपप्रमुखमा बिजयी प्राप्त गरिसकेको छ भने प्रतिस्पर्धी नेकपा एमालेले ६ पालिका प्रमुख र ६ उपप्रमुखमा बिजयी प्राप्त गरेको छ ।


त्यस्तै, प्रारम्भिक मतगणनाअनुसार कांग्रेसले २५३ पालिका प्रमुख र २०६ उपप्रमुखमा अग्रता लिएको छ भने एमालेले १६९ प्रमुख र १८२ उपप्रमुखमा अगाडी छ ।

त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले २ पालिका प्रमुख १ उपप्रमुखमा बिजयी हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र १ प्रमुख र १ उपप्रमुखमा बिजयी प्राप्त गरेको छ ।

त्यस्तै, माओवादी केन्द्रले १०४ प्रमुख र १२६ उपप्रमुखमा अग्रता कायम गरिरहेको छ भने एकीकृत समाजवादीले ११ प्रमुख र २० उपप्रमुखमा अघि  गररेको छ ।

जनता समाजवादी पार्टीले २२ प्रमुख र २१ उपप्रमुखमा अग्रता लिँदा  लोकतान्त्रिक समाजवादी पार्टीले ६ प्रमुख र ५ उपप्रमुखमा अगाडी रहेको छ ।

बैशाख ३० गते भएको स्थानीय निर्वाचनको मतगणना भइरहेको छ । कांग्रेस, माओपादी, एकीकृत समाजवादी, जनता समाजवादी लगायतले देशभरका विभिन्न स्थानमा गठबन्धन गरेका छन् भने एमालेले राप्रपा, परिवार दल  लगायतका पार्टीसँग गठबन्धन गरेको छ ।

Related Post