ललितपुरमा अग्रता फराकिलो बनाउँदै चिरिबाबु
News Desk
May-15 , 2022 तारिख 02:10 बिहान


ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार चिरिबाबु महर्जनले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन्।

१४ सय मत गन्दा सत्ता गठबन्धनका चिरिबाबु महर्जनले ७०६ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार हरिकृष्ण व्यञ्जनकारले ३३६ मत प्राप्त गरेका छन्।

ललितपुर–१ मा भने स्वतन्त्र उम्मेदवार  निर्मल तण्डुकारको अग्रता कायमै छ। उनले ५१५ मत प्राप्त गरेका छन्। कांग्रेसका ध्रुवलाल तण्डुकारले ३४४ र एमालेका दिनेश तण्डुकारले ३०० मत ल्याएका छन्।

धेरै पढिएको