प्रधानमन्त्री देउवाको गृहपालिका गन्यापधुरामा काँग्रेस विजयी
News Desk
May-15 , 2022 तारिख 02:26 बिहान

 

डडेलधुरा । गन्यापधुरामा कांग्रेसका कार्की निर्वाचित
प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर कार्की निर्वाचित भएका छन्  ।                                          

३ हजार ३८४ मत सहित कार्की निर्वाचित भएका हुन ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बिपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत ल्याए ।

त्यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी निर्वाचित भईन् । उनले तीन हजार १३ मत प्राप्त गरिन । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का इन्द्र महराले एक हजार ७०३ मत ल्याए ।

धेरै पढिएको