News Desk
काठमाडौं । काठमाडौं महानगरपालिका १ को वडाध्यक्षमा एमालेबाट भरतलाल श्रेष्ठ विजयी भएका छन् । ५९८ मत सहित उनी वडाध्यक्षमा विजयी भएका हुन । त्यस्तै वडा महिला सदस्यमा एमालेकै रसला तन्डुकार ७५९ मत ल्याउदै विजयी भएकी छिन् । दलित महिला सदस्य तर्फ भने नेपाली काँग्रेसबाट ७९४ मत सहित मिना सुनार र वडा सदस्यमा काँग्रेसकै रोशन श्रेष्ठ र शुभरत्न नेपाली क्रमश: ६८२ र ६६१ मत सहित विजयी बनेका छन् ।