८३ पालिकाको मत परिणाम सार्वजनिक : कांग्रेस ३३, एमाले २८ र माओवादी २० वटा पालिकामा विजयी
News Desk
May-16 , 2022 तारिख 02:06 बेलुका


काठमाण्डाै ।   स्थानिय तह निर्वाचन अन्तर्गत हालसम्म ८३ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ। जसमा हालसम्म नेपाली कांग्रेसले ३३, नेकपा एमालेले २८, माओवादी केन्द्रले २० र नेकपा एकीकृत समाजवादीले २ वटा पालिकाको प्रमुख जितेका छन्  ।

पालिका प्रमुख/ अध्यक्षमा विजय घोषित  भए अनुरुपको अन्तिम नतिजा यस प्रकार छ : 

नेपाली कांग्रेस : १. गुल्मीको गुल्मीदरबार गाउँपालिका २. डडेलुधराको गन्यापधुरा गाउँपालिका ३. मुस्ताङको घरपझोङ गाउँपालिका ४. मनाङको नार्पाभूमि गाउँपालिका ५.गुल्मीको रेसुङ्गा नगरपालिका ६. मनाङको नासो गाउँपालिका ७. हुम्लाको खार्पुनाथ गाउँपालिका ८. डोटीको बडीकेदार गाउँपालिका ९. बाग्लुङको तमानखोला गाउँपालिका  १०. सोलुखुम्बुको लिखुपिके गाउँपालिका ११. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका  १२. ताप्लेजुङको मेरिङ्देन गाउँपालिका १३. दैलेखको भैरवी गाउँपालिका १४. बैतडीको शिवनाथ गाउँपालिका १५. बाग्लुङको गल्कोट नगरपालिका १६. कास्कीको माछापुच्छ्रे गाउँपालिका १७. पाँचथरको कुम्मायक गाउँपालिका १८. तेह्रथुमको फेदाप गाउँपालिका १९. लमजुङको दूधपोखरी गाउँपालिका २०. सोलुखुम्बुको सोताङ गाउँपालिका २१. अछामको ढकारी गाउँपालिका २२. डडेलधुराको नवदुर्गा गाउँपालिका २३. सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २४. रसुवाको आमाछोदिङ्मो गाउँपालिका २५. धनकुटाको साँगुरीगढी गाउँपालिका २६. अछामको कमलबजार नगरपालिका २७.प्युठानको ऐरावती गाउँपालिका २८.सर्लाहीको धनकौल गाउँपालिका २९. म्याग्दीको रघुगङ्गा गाउँपालिका ३०.रोल्पाको गंगादेव गाउँपालिका ३१. खोटाङको केपिलासगढी गाउँपालिका ३२.सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३३. गोरखाको आरुघाट गाउँपालिका

एमाले  : १. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका २.‍ मनाङ ङिस्याङ गाउँपालिका ३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ४. मनाङको चामे गाउँपालिका ५. वरागुङ्ग मुक्ति क्षेत्र मुस्ताङ  ६. लोमान्थाङ गाउँपालिका मुस्ताङ ७. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) ८. बझाङको साइपाल गाउँपालिका ९. नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिका १०. बझाङको थलरा गाउँपालिका  ११. मुस्ताङको थासाङ गाउँपालिका १२. म्याग्दीको मालिका गाउँपालिका १३. तेह्रथुमको मेन्छ्यायेम १४. स्याङ्जाको हरिनास गाउँपालिका १५. दार्चुलाको महाकाली नगरपालिका  १६. मकवानपुरको भीमफेदी गाउँपालिका १७. बैतडीको पञ्चेश्वर गाउँपालिका १८. पाल्पाको पूर्वखोला गाउँपालिका १९. पाल्पाको तिनाउ गाउँपालिका २०.मकवानपुरको इन्द्रसरोबर गाउँपालिका २१. इलामको माङ्सेबुङ गाउँपालिका २२. रसुवाको गोसाइकुण्ड गाउँपालिका २३. भोजपुरको हतुवागढी गाउँपालिका २४.अर्घाखाँचीको पाणिनी गाउँपालिका २५.खोटाङको एँेसेलुखर्क गाउँपालिका २६. धनकुटाको चौबिसे गाउँपालिका २७. सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका २८.स्याङ्जाको कालीगण्डकी गाउँपालिका


नेकपा माओवादी केन्द्र : १. दैलेखको नौमुले गाउँपालिका २. डोल्पाको जगदुल्लाह गाउँपालिका ३. बाग्लुङको ताराखोला गाउँपालिका ४. दार्चुलाको अपी हिमाल गाउँपालिका ५. खोटाङको जन्तेढुङ्गा गाउँपालिका ६.दार्चूलाको नौगाड गाउँपालिका  ७. उदयपुरको लिम्चुङबुङ ८. रोल्पाको थवाङ गाउँपालिका  ९.हुम्लाको ताजाकोट गाउँपालिका १०. गोरखाको अजिरकोट गाउँपालिका  ११. सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका १२. डोटीको बोगाटन फुड्सिल गाउँपालिका १३. दार्चुलाको लेकम गाउँपालिका १४. गुल्मीको चन्द्रकोट गाउँपालिका १५. पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका १६. रोल्पाको रोल्पा नगरपालिकामा १७. ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका  १८. दाङको बङ्गलाचुली गाउँपालिका १९. रुकुम पूर्वको सिस्ने गाउँपालिका २०. गोरखाको बारपाक सुलिकोट गाउँपालिका

नेकपा (एकीकृत समाजवादी ) : १. डोल्पाको काइके गाउँपालिका (निर्विरोध) २. डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

धेरै पढिएको