News Desk
काठमाडौं । निर्वाचन आयोगले दिएको काठमाडौ महानगरको पछिल्लो परिणाम अनुसार बालेन्द्र साह र सुनिता डङोल मतान्तरमा अघि देखिएका छन् । निर्वाचन आयोगले गरेको तेर्हौ मतपरिणाम सार्वजनिक अनुसार क्रमश: मेयर र उप मेयरका उम्मेदवार उनीहरुको मतान्तर बढि देखिएको छ । बालेनले केशव स्थापित र सिर्जना सिंह भन्दा करिब दोब्बर अंकमा मतान्तर कायम राखेका छन् । बालेन केशव स्थापित भन्दा ३३११ मतले अघि छन् । बालेनले ७०९६ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले ३७८५ मत सहित दोस्रो र सिर्जना सिंहले ३२९८ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । राप्रपाका मदनदास श्रेष्ठले ६५२ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपमेयरमा ७२४६ मत सहित एमाले कि सुनिता डङोलले भारी अन्तरले अग्रता हासिल गरेकी छिन् । उनका प्रतिद्धन्दी रामेश्वर श्रेष्ठको २०१२ मत रहेको छ ।
काठमाडौ महानगरपालिकाको कुल मतदाता संख्या ३ लाख २४२ छ। जहाँ ३२ वटा वडा छन ।