News Desk
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका र नुवाकोटको तारकेश्वर गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसले जित निकालेको छ । काठमाडौंको तारकेश्वर नगरपालिकामा नेपाली कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार कृष्णहरि महर्जन विजयी हुँदा उता नुवाकोटको तारकेश्वर गाउँपालिकामा नेपाली कांग्रेसबाटै पालिका अध्यक्षमा शिव अधिकारी ‘अबिरल’ ले जित सुनिश्चित गरे ।
त्यसैगरि, काठमाडौं स्थित तारकेश्वरबाट सृजना बुर्लाकोटी उप- प्रमुखमा पदमा निर्वाचित भईन् भने गाउँपालिका उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रबाट हरिप्रसाद रिमाल विजयी भए ।