News Desk
बैतडी । बैतडीको डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन् । ३ हजार १ सय ८९ मत ल्याएर जोशी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार माओवादीका लोकेन्द्रबहादुर रानाले २ हजार ६ सय ५१ मत प्राप्त गरे ।
जोशी पुतली चिन्हमा चुनाव लडेका थिए ।
यस्तै, उपाध्यक्षमा भने गठबन्धनका भगीरथ बोहरा ३ हजार ८ सय ७३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी लिलावती जोशीले २ हजार ७ सय ७९ मत पाएकी छिन् ।
गाउँपालिकाको वडा नम्बर १ मा कांग्रेसका कृष्णकुमार धामीले जित हासिल गरेका छन् । वडा नम्बर २ मा एमालेका उम्मेदवार नवराज घरडी निर्वाचित भए । यस्तै वडा नम्बर ३ एमालेका रघुवीर बोहराले जिते भने वडा नम्बर ४ मा स्वतन्त्रबाट हरिश पन्त निर्वाचित भए । वडा नम्बर ५ को अध्यक्षमा पनि स्वतन्त्र उम्मेदवार यज्ञराज भट्ट विजयी भएका छन् । वडा नम्बर ६ मा नेपाली कांग्रेसका उत्तरबहादुर बोहरा विजयी भए भने वडा नम्बर ७ मा स्वतन्त्रबाट प्रकाश भट्ट निर्वाचित भए ।