News Desk
काठमाडौं । निर्वाचन आयोगले दिएको काठमाडौ महानगरको पछिल्लो परिणाम अनुसार बालेन्द्र साह र सुनिता डङोल मतान्तरमा अघि देखिएका छन् । निर्वाचन आयोगले गरेको चौधौ मतपरिणाम सार्वजनिक अनुसार क्रमश: मेयर र उप मेयरका उम्मेदवार उनीहरुको मतान्तर बढि देखिएको छ । बालेनले केशव स्थापित र सिर्जना सिंह भन्दा करिब दोब्बर अंकमा मतान्तर कायम राखेका छन् । २९३५३ मत गन्दा बालेन केशव स्थापित भन्दा ४८७७ मतले अघि छन् । बालेनले ११०४२ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले ६१६५ मत सहित दोस्रो र सिर्जना सिंहले ५३८५ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । राप्रपाका मदनदास श्रेष्ठले १००२ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपमेयरमा ११४८५ मत सहित एमाले कि सुनिता डङोलले भारी अन्तरले अग्रता हासिल गरेकी छिन् । उनका प्रतिद्धन्दी रामेश्वर श्रेष्ठको ३३८७ मत रहेको छ ।