काठमाडौं स्थित शंखरापुर नगरपालिकाको मेयरमा राप्रपाका नापित विजयी
News Desk
May-18 , 2022 तारिख 01:30 बिहान


काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाको मेयरमा राप्रपाका रमेश नापित  विजयी भएका छन् ।  निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उमेदवारलाई ७०४ मतको अन्तरले पराजित गर्दै नापित शंकरापुरको मेयरमा निर्वाचित भएका हुन ।  राप्रपाले ५१८२ मत ल्याउँदा समाजवादीका उमेदवारले ४,४७८ मत ल्याएका थिए ।  जित दर्ता गरेसँगै काठमाडौंमा राप्रपाले नयाँ इतिहास रच्न सफल भएका छ । 

०६२र६३ पछि भएका स्थानीय तहको दुई निर्वाचनमा राप्रपाले काठमाडौंमा पहिलोपटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो ।

शंखरापुरमा राप्रपाले तीनवटा वडा समेत जित्न सफल भएको छ । वडा नं ३ मा सूर्य तामाङ, वडा नं ६ मा राधाकृष्ण श्रेष्ठ र वडा नं ७ मा विष्णु कुमार श्रेष्ठले राप्रपाबाट वडा अध्यक्षमा प्यानल सहित जितेका छन् ।

धेरै पढिएको