काठमाडौं महानगरको २० औ मतपरिणाम सार्वजनिक: बालेन र सुनिताको मतान्तर झन झन फराकिलो बन्दै
News Desk
May-18 , 2022 तारिख 02:46 बिहान


काठमाडौं ।  निर्वाचन आयोगले दिएको काठमाडौ महानगरको पछिल्लो परिणाम अनुसार  बालेन्द्र साह र सुनिता डङोल मतान्तरमा अघि देखिएका छन् । निर्वाचन आयोगले गरेको चौधौ मतपरिणाम सार्वजनिक अनुसार क्रमश: मेयर र उप मेयरका उम्मेदवार उनीहरुको मतान्तर  बढि देखिएको छ । बालेनले केशव स्थापित र सिर्जना सिंह भन्दा करिब दोब्बर अंकमा मतान्तर कायम राखेका छन् । ३३८१३ मत गन्दा बालेन केशव  स्थापित भन्दा ५५८९   मतले अघि छन् । बालेनले १२८७९ मत प्राप्त गर्दा  नेकपा एमालेका केशव स्थापितले ६९९० मत सहित  दोस्रो र सिर्जना सिंहले ६१२९ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । राप्रपाका मदनदास श्रेष्ठले  ११६४  मत प्राप्त गरेका छन् ।                                      

त्यस्तै, उपमेयरमा १३०९८ मत सहित एमाले कि सुनिता  डङोलले भारी अन्तरले अग्रता हासिल गरेकी छिन् । उनका प्रतिद्धन्दी रामेश्वर श्रेष्ठको ४०७४  मत रहेको छ ।

धेरै पढिएको