News Desk
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका तर्फबाट प्रकाश अधिकारी र उपमेयरमा कांग्रेसका मुरारी तामाङ विजयी भएका छन । नेपाली कांग्रेसकी मेयर उम्मेदवार रजनी थापालाई १ सय ७४ मतले हराउँदै अधिकारी निर्वाचित भएका हुन ।
निर्वाचन अधिकृत सविता शर्माका अनुसार अधिकारीले १०३४० मत प्राप्त गर्दा कांग्रेसकी थापाले १०१६६ मत ल्याएकी थिईन ।
अघिल्लो निर्वाचनमा पनि टोखाबाट अधिकारी नै निर्वाचित भएका थिए ।
उपमेयरमा भने कांग्रेसका मुरारी तामाङ विजयी भएका छन । उनले १०१३२ मत प्राप्त गरेका छन भने
उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी ज्ञानमाया डंगोलले ९५१८ मत प्राप्त गरिन ।
टोखामा राजनितिक दलहरुबिच निर्वाचनको लागी गठबन्धन भएको थिएन । यसैको फाईदा मेयर अधिकारीलाई भएको देखिन्छ । अधिकारी यसपटक अघिल्लोपटकको भन्दा धेरै मतान्तर घटाएर निर्वाचित भएका छन ।
टोखामा कांग्रेस गठबन्धन गर्न नमानेकाले हार बेहोरेको माओवादी केन्द्र र नेकपा एसका नेताहरु बताऊछन । उनिहरु सहित कांग्रेसकै नेताहरुले पनि कांग्रेसका केहि नेतृत्वमा बसेका ब्यक्तिको घमन्डका कारण टोखामा हार बेहोर्न परेको दाबी गर्छन ।