हेटौंडाको मेयरमा निरन्तर मिना लामाको अग्रता
News Desk
May-18 , 2022 तारिख 02:04 बेलुका

हेटौंडाको मेयरमा निरन्तर मिना लामाको अग्रता 

हेटौंडा । हेटौडा उपमहानगरपालिकामा जारी मतगणनामा एकीकृत समाजवादी पार्टीकी मेयर उम्मेदवार मीना लामाले निरन्तर अग्रता बनाएकी छन् ।
उनले राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले भन्दा ६२७ मत बढी ल्याएकी हुन् । मेयर पदमा  ४२ हजार १९० गणना सकिँदा लामाले १३ हजार ६९८ मत पाएकी छन् ।

यस्तै राप्रपाका उम्मेदवार सिंहले १३ हजार ६२ मत पाउदा एमालेका उम्मेदवार  अनन्त पौडेल १२ हजार ६०१ मत पाएका छन् ।
यसैगरी उपमेयरमा काँग्रेसका उम्मेदवार राजेश बानियाले  २० हजार ६०६ मत पाउँदा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले १५ हजार २६० मत पाएकी छन् ।

धेरै पढिएको