मेट्रो रफ्तारमा बालेन र सुनिता
News Desk
May-18 , 2022 तारिख 02:53 बेलुका

 

काठमाडौं ।  निर्वाचन आयोगले दिएको काठमाडौ महानगरको पछिल्लो परिणाम अनुसार  बालेन्द्र साह र सुनिता डङोलले मतान्तरलाई निरन्तर बढाएका छन् । निर्वाचन आयोगले गरेको २५ औं मतपरिणाम सार्वजनिक अनुसार क्रमश: मेयर र उप मेयरका उम्मेदवार उनीहरुको मतान्तर  बढि देखिएको छ । बालेनले केशव स्थापित र सिर्जना सिंह भन्दा करिब दोब्बर अंकमा मतान्तर कायम राखेका छन् । ३३८१३ मत गन्दा बालेन केशव  स्थापित भन्दा ५५८९   मतले अघि छन् । बालेनले १६७७४ मत प्राप्त गर्दा  नेकपा एमालेका केशव स्थापितले  ८८४५ मत सहित  दोस्रो र सिर्जना सिंहले ८०६१ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । राप्रपाका मदनदास श्रेष्ठले  १४४७ मत प्राप्त गरेका छन् ।                                      

त्यस्तै, उपमेयरमा १६२७६ मत सहित एमाले कि सुनिता  डङोलले भारी अन्तरले अग्रता हासिल गरेकी छिन् । उनका प्रतिद्धन्दी रामेश्वर श्रेष्ठको ५२३३ मत रहेको छ ।

धेरै पढिएको