इलाममा हुने उपनिर्वाचनमा दुर्गा प्रसाईंले सुँगुर उठाउने
News Desk
Apr-08 , 2024 तारिख 06:20 बिहान

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले इलाममा हुने उपनिर्वाचनमा सुँगुर उठाउने बताएका छन। 

दाङमा आज भएको आमसभालाई सम्बोधन गर्दै प्रसाईंले पूर्वतर्फ अहिले चुनावको नाटक मञ्चन भइरहेको र  यस्ता चुनावले जनतालाई केही पनि दिन नसक्ने हुँदा आफूले सुँगुर उठाउन लागेको बताए।

इलामका उमेदवारहरुलाई लक्षित गर्दै प्रसाईंले सक्छौ भने उपनिर्वाचनमा हुने खर्चले लघुवित्त र सहकारीको ऋण तिरेर ती गरिबहरुलाई झुण्डिनबाट जोगाउन चुनौती दिए। 

आफू नेपालका कुनै पनि शक्तिसँग नडराउने दावी गर्दै प्रसाईंले अर्को ठूलो काण्ड सार्वजनिक गर्न लागेको बताए। मृत्युलाईसमेत सँगै बोकेर हिँडेको बताउँदै उनले अब तस्करहरुको फिलिम नै देखाइदिने चेतावनी दिए।

धेरै पढिएको