News Desk
नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार माग गरेको आरोप लगाएका छन।
सोमवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले नेपाली कांग्रेसले संसदीय छानबिन समितिको नाम गरेर सरकारको माग गरेको बताए।
उनले गृहमन्त्री रवि लामिछानेको नाममा छानबिन समिति बनाएर राजीनामा माग्ने र सरकार ढाल्ने बदनियत कांग्रेसले राखेको भन्दै त्यो कुरा सम्भव नहुने बताए।
उनले कांग्रेसको माग बदनियतपूर्ण र पूर्वाग्रहप्रेरित रहेको बताए। उनले कोही व्यक्तिको नाममा अनुसन्धान गर्न समिति बनाउन नसकिने स्पष्ट पारे।
उनले भने, ‘यस्तो बदनियत राखेर एउटा कोही अमुक व्यक्तिका नाममा अनुसन्धान गर्नका लागि अनुसन्धान अधिकारी नेपाली कांग्रेसले नियुक्त गर्न पाउँदैन। नेपाली कांग्रेसको यसप्रकारको दादागिरी, उदण्डता, अराजकता, अधिनायकवादी तरिका स्वीकार्य हुन सक्दैन। यदि कांग्रेस संवादका माध्यमबाट अगाडि बढ्न तयार छ भने हामी संवादको सबै वातावरण बनाएर अगाडि जान तयार छौँ।'
उनले संसदीय छानबिन समितिको कार्यादेश टुंज्ञ्ाउन प्रमुख प्रतिपक्ष दलसँग संवाद कायम राखिने पनि बताए।