संविधान संशोधन गर्ने गरी गठन भए पनि सरकारले त्यसमा ध्यान नदिएको डा. शेखरको आरोप
News Desk
Dec-04 , 2024 तारिख 06:20 बिहान

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधन गर्ने गरी गठन भए पनि सरकारले त्यसमा ध्यान नदिएको आरोप लगाएका छन।

आज कोशी प्रदेशको पालिका सभापतिस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका  हुन।

सरकार बनेको चार महिना लाग्दासमेत सत्ता पक्ष र अन्य दलसँग पनि छलफल गर्न सरकारले कुनै चासो नदेखाएको उनको भनाइ थियो। अन्य दलसँग समेत संविधान संशोधनका विषयमा छलफल गर्नुपर्ने उनले बताए।