News Desk
नेपाल प्रिमियर लिग एनपीएलमा कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार बिहान भएको खेलमा लुम्बिनी सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भयो। लुम्बिनीको यो लगातार तेस्रो हार हो।
हारसँगै लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना कमजोर बन्दै गएको छ। लुम्बिनी यसअघि आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेट र दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भएको थियो।
सुदूरपश्चिमले भने जितको लय कायम राखेको छ। लगातार तेस्रो जित निकालेको सुदूरपश्चिमले प्ले अफ पुग्ने सम्भावना बलियो बनाएको छ।