एमालेले वामदेवसँग सहकार्य गर्ने
News Desk
Jan-22 , 2025 तारिख 06:07 बिहान

नेकपा (एमाले)ले पार्टीको विधान अधिवेशन २०८२ साल भदौमा गर्ने निर्णय गरेको छ। 

आजको पार्टी सचिवालय बैठकले विसं २०८२ भदौ २०, २१ र २२ गते गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरमा विधान अधिवेशन गर्ने निर्णय गरेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

यस्तै बैठकले वामदेव गौतमसँग सहकार्य गर्ने र त्यसका लागि ढोका खुला गरेको पनि उनले जानकारी दिए। पार्टी एकता अभियानका नेता वामदेव गौतमसँग थप छलफल गरेर सहकार्य गर्ने निर्णय गरेको उनले बताए।

धेरै पढिएको