News Desk
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलले भोलि (बिहीवार) को संसद बैठकमा पार्टी सभापति रवि लामिछानेको विषय उठाउने भएको छ।
बुधवार बसेको संसदीय दलको बैठकले सभापति लामिछानेको विषय उठाउने निर्णय गरेको जानकारी पार्टीकी सचेतक निशा डाँगीले दीन।
उनले दलको बैठकमा ३ वटा एजेण्डा रहेको र जसमा संसदमा दर्ता भएका विषय, अध्यादेशको विषय र संसदको आकस्मिक, विशेष र शून्य समयमा उठाउनुपर्ने विषयमा छलफल गरेको बताइन।
उनले पार्टी सभापति लामिछानेका विषयमा संसदमा निरन्तर कुरा उठाउने निर्णय दलले गरेको पनि बताइन।
‘दलको बैठकमा तीनवटा एजेण्डा राखेका थियौँ। संसदमा दर्ता भएका विषय, अध्यादेशको विषय र संसदको आकस्मिक, विशेष र शून्य समयमा उठाउनुपर्ने विषयका थिए‚’ उनले भनिन्, ‘अबको प्रतिनिधिसभाको बैठकमा पार्टीका एजेण्डा, सभापति रवि लामिछानेका विषयमा बोल्ने निर्णय गर्यौँ। अध्यादेश अस्वीकारको सूचना संसदमा दर्ता गराएका छौँ।’
उनले संसदमा दर्ता भएका अध्यादेशबारे बोल्ने सांसदहरुको नामसमेत टुङ्गो लगाएको बताइन।