News Desk
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत दलका सांसदले प्रतिनिधिसभाको बैठक विधि र प्रक्रियाअनुसार सञ्चालन गर्न माग गर्दै अवरोध गरेपछि स्थगन भएको बैठक केही घण्टापछि पुनः सुरु भएको छ।
सभामुख देवराज घिमिरेले समय व्यवस्थापनमा भएको असमझदारीका सन्दर्भमा आवश्यक अध्ययन गरेर निर्णय गरिने बताएपछि बैठक सुरु भएको हो।
सत्तापक्षका सांसदलाई बोल्न दीएको विषयमा विपक्षीको अवरोधपछि सभामुखले आवश्यक अध्ययन गरेर निष्कर्ष सुनाइने बताए।
आकस्मिक र शून्य समयको कारबाही सकिएपछि सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा रानामगरले कार्यसूचीमा प्रवेश नगरी सत्तापक्षका सांसद रामहरि खतिवडालाई बोल्न समय दिएकी थीन। त्यसको माओवादी केन्द्र र रास्वपाले विरोध गरेका हुन।