'०८४ मा कांग्रेसले यही नै ढाँचाबाट गयो भने बहुमत ल्याउने सम्भावना देख्छु, वामपन्थीले कल्पना नगरे पनि हुन्छ' : पूर्व प्रधानमन्त्री खनाल
News Desk
Feb-15 , 2025 तारिख 06:43 बिहान

पूर्वप्रधानमन्त्री झलनाथ खनालले ०८४ मा बहुमत ल्याउनेगरी कांग्रेसले तयारी गरिरहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ०८४ आउँदै गरेको भन्दै कांग्रेसले ०८४ को निर्वाचनका लागि राम्रो तयारी गरिरहेको बताउनु भयो ।

उहाँले कांग्रेस यही ढाँचाबाट अघि बढे बहुमत ल्याउने सम्भावना रहेको बताउनु भयो । उहाँले यही अवस्थाले एमाले एक्लै बहुमत ल्याउँछु भनेर हिँडे एमाले दुर्घटनामा पर्ने टिप्पणी गर्नुभयो । उहाँले देशको निम्ति हित गरेर अघि बढ्ने हो भने नेपालका वामपन्थीहरूले पुनरावलोकन गर्नु आवश्यक रहेको बताउनु भयो । देशका सबै वामपन्थी एक हुनुपर्ने बताउनु भयो ।

 

‘अब ०८४ आउँदैछ । ०८४ को लागि कांग्रेसले राम्रो तयारी गरेको देख्छु मैले । राम्रो तयारीमा छ । ०८४ मा कांग्रेसले यही नै ढाँचाबाट गयो भने बहुमत ल्याउने सम्भावना देख्छु । वामपन्थीले कल्पना नगरे पनि हुन्छ । म एक्लै बहुमत ल्याउँछु भनेर अहिले एमाले हिँड्दैछ । एमालेको एउटा खुट्टा हो की दुई वटा खुट्टा भाँचिने हो भन्नसक्ने अवस्था छैन । त्यो दुर्घटनामा पर्छ ,’ उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री खनालले रेमिट्यान्सबाट देश चलेको छ भनेर घमण्ड गर्नेकुरा भ्यागुते घमण्ड भएको बताउनु भयो । उहाँले नेकपा (माओवादी केन्द्र) ले दक्षिणपन्थी बाटो अंगालेको बताउनु भयो । नेकपा (एकीकृत समाजवादी) ले पनि सोहीबाटो बिराएको बताउनु भयो । काँग्रेसको पुच्छर भएर माओवादी र एकीकृत समाजवादी हिँडेको बताउनु भयो । 

धेरै पढिएको