नेपाली कांग्रेस र एमालेबीच सत्ता गठबन्धनले सबै उत्साहित : प्रदीप ज्ञवाली
News Desk
Feb-16 , 2025 तारिख 06:41 बिहान

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेस र एमालेबीच सत्ता गठबन्धनले सबै उत्साहित भएको दावी गरेका छन। 

प्रेस चौतारी, सप्तरीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश विकास र समृद्ध नेपाल निर्माणसहित मुलुकको अर्थतन्त्र सुधारका लागि सत्ता गठबन्धन गरेको बताएका हुन।

स्थायी प्रकृतिको सरकार बनाउनकै लागि नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्य भएको र यसबाट निजी क्षेत्रलगायत सबै उत्साहित भएको उनको भनाइ थियो।

‘यो सरकार बनेपछि निजी क्षेत्र उत्साहित देखिएको छ। देशमा देखिएका समस्या समाधान र समृद्ध नेपाल निर्माणका लागि यो सरकार अगाडि बढिरहेको छ। अब दुई छिमेकी मुलुकले गरिरहेको विकासबाट कसरी लाभान्वित हुने र आन्तरिक स्रोतको अधिकतम प्रयोगका सवालमा समन्वय र सहकार्य गरी अगाडि बढ्नुपर्ने आवश्यकता छ’, ज्ञवालीले भने।

उनले मुलुकको विकास र समृद्धिकै लागि सरकारले अध्यादेश ल्याएकाले ती दुवै सदनबाट पारित हुने विश्वास व्यक्त गरे। सरकारसँग पर्याप्त विकल्प रहेकाले कसैले विरोध गर्दैमा अध्यादेशमा समस्या नहुने उपमहासचिव ज्ञवालीको जिकिर थियो।

धेरै पढिएको