देशलाई अस्थिरतामा लैजाने केन्द्रमा प्रचण्ड हुनुहुन्छ
News Desk
Feb-23 , 2025 तारिख 06:17 बिहान

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञावलीले राजनीतिक अस्थिरता मच्चाउने खेलोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लागि परेको आरोप लगाएका छन। 

आफू प्रधानमन्त्री हुँदा देश विकासतर्फ अग्रसर भएको र आफू सत्ताबाट बाहिरिएको केही दिनमै देश बर्वाद भएको गलत टिप्पणी गर्दै प्रचण्डले जनतामा भ्रम छर्न खोजेको उनले बताए। 

गोदावरी नगरपालिका वडा नम्बर १० टाहाखेलमा नेकपा एमाले गोदावरी नगर कमिटीको विस्तारित बैठक तथा जरा विशेष अभियानको शुभारम्भ गर्दै उपमहासचिव पौडेलले प्रचण्ड पनि राजा ल्याउने खेलोमा लागि परेको आरोप लगाए।

ंदेशलाई अस्थिरतामा लैजाने केन्द्रमा प्रचण्ड हुनुहुन्छ। आफू प्रधानमन्त्री रहुञ्जेल देशले गतिलियो भन्ने अभिव्यक्ति दिने तर सत्ताबाट हट्ने वित्तिकै लौ देश खत्तम भयो भन्ने प्रचण्डको भनाई यथार्थ नभई देशमा अस्थिरता ल्याउने षड्यन्त्र हों, उनले भने ।

धेरै पढिएको