०८४ चुनावमा कांग्रेसको बहुमत नआए पनि सबैभन्दा ठूलो पार्टी बनाउनुपर्छ : देउवा
News Desk
Mar-04 , 2025 तारिख 06:44 बिहान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा देशकै ठूलो पार्टी बन्नेगरी तयारीमा लाग्न पार्टीका नेता/कार्यकर्तालाई निर्देशन दिएका छन।

सोमवार रुपन्देहीमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन। उनले कांग्रेस आगामी निर्वाचनमा बहुमत ल्याउन नसके पनि सबैभन्दा ठूलो पार्टी बन्नसक्ने बताए। 

उनले पहिलेभन्दा ठूलो पार्टी बन्नेगरी तयारी गर्न निर्देशन दिए। नेताहरुबीचका मतभेदहरु छलफलको माध्यमबाट समाधान गरेर पार्टीलाई जीवन्त बनाउनुपर्ने बताए।

‘भोलिको दिनमा हाम्रो पार्टीले बहुमत ल्याउन नसके पनि सबैभन्दा ठूलो, हिजोभन्दा ठूलो पार्टी बनाउन हामी लाग्नुपर्छ भन्ने अनुरोध गर्न चाहन्छु। हाम्रो बीचमा अनेक किसिमका मतभेद हुन सक्छन्‚’ सभापति देउवाले भने, ‘ती सबै कुरालाई हामीले आपसमा छलफल गरेर टुंज्ञ्ाउनु पर्छ। मतभेद छलफलबाट हटाएर पार्टीलाई जीवन्त बनाउनु पर्छ। हाम्रो पार्टीलाई जीवन्त पार्टी बनाउनसके मात्रै हामी अघि बढ्न सक्छौँ।’

सभापति देउवाले नेपालको लोकतन्त्र समावेशी र समानुपातिक तथा विपक्षी दलसहितको राम्रो व्यवस्था भएको बताए।

धेरै पढिएको